News Portal

  • किरात राई यायोक्खाद्वारा “किरात प्रदेश” नामकरणका लागि थप आन्दोलनको धोषणा

    हिमालीसंचार संवाददाता
    ११९२ पटक

    विराटनगर – प्रदेश नं. १ को नामकरण पहिचानको आधारमा “किरात प्रदेश” माग सहित आन्दोलित राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिले आन्दोलन निर्णायक बनाउन एवम् जनदबाब दिन थप आन्दोलनको धोषणा गरेको छ।

    किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिको अध्यक्ष दिवस राईको अध्यक्षतामा प्रदेश नं. १ विराटनगर स्थित संगम होटलमा बसेको कार्यसमितिको बैठकले “किरात प्रदेश” नामकरणका लागि अन्तिम तथा निर्णायक आन्दोलनका लागि थप आन्दोलन धोषणा गरेका हो। 

    यायोक्खाले यहि साउन ५ गते बिहिबार पुर्वाञ्चलको १४ वटै जिल्लाको हरेक सदरमुकामको उपयुक्त स्थानमा किरात राई यायोक्खा जिल्ला कार्यसमितिको समन्वयमा र आयोजनमा १ घण्टा चक्का जाम पश्चात कोणसभाको आयोजना गर्ने। किरात प्रदेश नामकरणको अभियानलाई थप सशक्त बनाउँन किरात नामकरणका लागि पहिचान पक्षघर संघसंस्था, राजनीतिक दल र मोर्चा, संगठनहरुसंग समन्वय गरी साउन ५ गते काठमाडौमा बैंठक बसेर संयुक्त अभियानको वातावरण निर्माण गर्ने, विज्ञप्ति जारी गर्ने र आन्दोलनको अभियानमा सहकार्य गर्ने निर्णय गरेको छ। 

    त्यस्तै, साउन ६ गते सास्कृतिक प्रदर्शन सहित प्रदेश नं. १ को राजधानी विराटनगरको रोडशेष चोकस्थित प्रदेशसभा भवन घेराउ गर्ने र साउन ८ गते बृहत जनप्रदर्शन सहित प्रदेश सभा भवन घेराउ गर्ने गरी आन्दोलनको घोषणा गरेको किराया महासचिव जनक राईले हिमालीसंचारडटकमसंग बताए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...