News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • किरात प्रदेश नामकरणका लागि मुख्यमन्त्री राई सकारात्मक, किरायाले भन्यो अहिलेसम्म अनुरोधको भाषा बोलिरहेका छौ

    संसदमा टेबुल हुँदा “किरात प्रदेश” नामकरण अनिवार्य सर्त हो भन्ने मानसिकताले सांसदहरू जाउन्, अहिलेसम्म हामीले अनुरोधको भाषा बोलिरहेका छौँ: किराया अध्यक्ष राई

    हिमालीसंचार संवाददाता
    २२९ पटक

    विराटनगर – प्रदेश १ को नामकरणको विषय आन्दोलित रहेका राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिद्वारा प्रकाशित अनुसन्धानमुलक प्राज्ञिक पुस्तक “किरात सभ्यता” लोकार्पण तथा प्राज्ञिक बहस कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा मुख्यमन्त्री राईले यायोक्खाको ‘किरात प्रदेश’ माग र आन्दोलनमा आफु सकारात्मक रहेको बताए ।

    किरात राई यायोख्खाले आयोजना गरेको ‘किरात सभ्यता’ नामक पुस्तक विमोचन कार्यक्रममा मुख्यमन्त्री राईले आफू कुनै पनि हालतमा किरात प्रदेश नाममा उभिने प्रष्ट पारे । ‘म सारा सिमेभूमे, यलम्बर, सुम्निमा, पारुहाङ सबै पितृको कसम खाएर भन्छु म किरातको पक्षमा उभिनेछु’ उनले स्पष्ट पारे। 

    पहिचानको पक्षमा उभिदा मुख्यमन्त्री पद जोखिम, धरापमा परे पनी किरातको पक्षमा आफ्नो मत रहेको बताउदै आएका मुख्यमन्त्री राईले आफु राईको छोरा, नाती भएर होइन्। यो प्रदेशको एतिहासिक तथ्यका आधारमा र सभ्यताका आधारमा पहिचानको पक्षमा जनताको भावना, इच्छा र चाहाना अनुरुप आफु पहिचानको पक्षमा उभिने स्पष्ट पारेका हुन्। 

    मुख्यमन्त्री राईले प्रदेशसभा (संसद)को गणित पहिचानको पक्षमा नभएको समेत बताए । उनले भने; ‘प्रदेश सांसदको गणित पहिचानको पक्षमा छैन । यसमा हामीले काफी होमवर्क गरेका छौँ।’ ‘यसमा प्रष्ट कुरा के छ भने अत्यन्तै खराब निर्णय गरियो भने त्यो कुरामा मेरो मान्य हुने छैन । हदैसम्मको लचकता अपनाउन हामी तयार छौँ । अरूले दुई तिहाइको गणितको शक्ति देखाउँछन् भने मुख्यमन्त्रीले पनि आफ्नो संवैधानिक शक्ति प्रयोग गर्छ । संविधानभित्र रहेर एकदमै जबरजस्ती खराब नाम, सेन्टिमेन्ट देखाएर प्रक्रिया तिर अगाडि बढाउने गलत काम गर्ने अवस्था सिर्जना भयो भने, मुख्यमन्त्री बुख्याचा होइन, त्यो कुरामा म स्पष्ट छु ।’

    यायोक्खा अध्यक्ष दिवस राईले किरात प्रदेश नमाने भोलिदेखि नै जिल्ला जिल्ला ठप्प पार्ने गरी कार्यक्रम तयारी गरिरहेको बताए । ‘८ गतेको संसदमा टेबुल हुँदा “किरात प्रदेश” नामकरण अनिवार्य सर्त हो भन्ने मानसिकताले सांसदहरू जाउन्, अहिलेसम्म हामी अनुरोधको भाषा बोलिरहेका छौँ,’ उनले भने, ‘किरात प्रदेशमा सहमत हुन नसक्ने दलको भण्डाफोर मात्रै होइन सत्यनास गर्छौं ।’ 

    आयोजित कार्यक्रममा प्रा.डा. धनप्रसाद सुवेदीले किरात इतिहास पनी हो। र, भूगोल पनी हो। उनले आफ्नो चिनामा किरात शब्द भएको उल्लेख गर्दै प्रदेश नं. १ को मूल पहिचान किरात नै भएको बताए । प्रा.डा. सुवेदीले पहिचानलाई सम्बोधन गर्नका लागि नै संधीयताको व्यावस्था गरिएको समेत बताए। 

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ ३, २०८२ (मे १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रवि लामिछाने र छविलाल जोशीलाई सुनुवाइको जानकारी तत्काल दिन उच्च अदालतको आदेश

    पोखरा, जेठ २ – सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका पूर्व सञ्चारकर्मी रवि...

    रवि लामिछाने पक्षले आफैंले सारेको मुद्दा ‘थाहा पाइनँ’ भन्दै इजलासमै विवाद

    पोखरा, जेठ २ – सुर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत पोखरामा शुक्रबारको सुनुवाइका क्रममा पूर्वगृहमन्त्री...

    चितवनको किसान टोलमा पारिवारिक शोक: डिप्रेसनको उपचारमा रहेका पूर्वसैनिक लिलाराज गिरीले गरे छोरी र भतिजाको हत्या, आफैंमाथि प्रहार

    चितवन, जेठ २ – भरतपुर महानगरपालिका–२५, किसान टोलमा बिहीबार बिहान एक अत्यन्तै मार्मिक र शोकपूर्ण...

    बिराट आँखा द्वारा एक दिने शिविर सम्पन्न

    मोरङ, जेठ २ – रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा बिहीबार एक कार्यक्रम आयोजना गरी एक...