News Portal

किरात प्रदेश नामकरणका लागि मुख्यमन्त्री राई सकारात्मक, किरायाले भन्यो अहिलेसम्म अनुरोधको भाषा बोलिरहेका छौ

संसदमा टेबुल हुँदा “किरात प्रदेश” नामकरण अनिवार्य सर्त हो भन्ने मानसिकताले सांसदहरू जाउन्, अहिलेसम्म हामीले अनुरोधको भाषा बोलिरहेका छौँ: किराया अध्यक्ष राई

हिमालीसंचार संवाददाता
३०४ पटक

विराटनगर – प्रदेश १ को नामकरणको विषय आन्दोलित रहेका राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिद्वारा प्रकाशित अनुसन्धानमुलक प्राज्ञिक पुस्तक “किरात सभ्यता” लोकार्पण तथा प्राज्ञिक बहस कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा मुख्यमन्त्री राईले यायोक्खाको ‘किरात प्रदेश’ माग र आन्दोलनमा आफु सकारात्मक रहेको बताए ।

किरात राई यायोख्खाले आयोजना गरेको ‘किरात सभ्यता’ नामक पुस्तक विमोचन कार्यक्रममा मुख्यमन्त्री राईले आफू कुनै पनि हालतमा किरात प्रदेश नाममा उभिने प्रष्ट पारे । ‘म सारा सिमेभूमे, यलम्बर, सुम्निमा, पारुहाङ सबै पितृको कसम खाएर भन्छु म किरातको पक्षमा उभिनेछु’ उनले स्पष्ट पारे। 

पहिचानको पक्षमा उभिदा मुख्यमन्त्री पद जोखिम, धरापमा परे पनी किरातको पक्षमा आफ्नो मत रहेको बताउदै आएका मुख्यमन्त्री राईले आफु राईको छोरा, नाती भएर होइन्। यो प्रदेशको एतिहासिक तथ्यका आधारमा र सभ्यताका आधारमा पहिचानको पक्षमा जनताको भावना, इच्छा र चाहाना अनुरुप आफु पहिचानको पक्षमा उभिने स्पष्ट पारेका हुन्। 

मुख्यमन्त्री राईले प्रदेशसभा (संसद)को गणित पहिचानको पक्षमा नभएको समेत बताए । उनले भने; ‘प्रदेश सांसदको गणित पहिचानको पक्षमा छैन । यसमा हामीले काफी होमवर्क गरेका छौँ।’ ‘यसमा प्रष्ट कुरा के छ भने अत्यन्तै खराब निर्णय गरियो भने त्यो कुरामा मेरो मान्य हुने छैन । हदैसम्मको लचकता अपनाउन हामी तयार छौँ । अरूले दुई तिहाइको गणितको शक्ति देखाउँछन् भने मुख्यमन्त्रीले पनि आफ्नो संवैधानिक शक्ति प्रयोग गर्छ । संविधानभित्र रहेर एकदमै जबरजस्ती खराब नाम, सेन्टिमेन्ट देखाएर प्रक्रिया तिर अगाडि बढाउने गलत काम गर्ने अवस्था सिर्जना भयो भने, मुख्यमन्त्री बुख्याचा होइन, त्यो कुरामा म स्पष्ट छु ।’

यायोक्खा अध्यक्ष दिवस राईले किरात प्रदेश नमाने भोलिदेखि नै जिल्ला जिल्ला ठप्प पार्ने गरी कार्यक्रम तयारी गरिरहेको बताए । ‘८ गतेको संसदमा टेबुल हुँदा “किरात प्रदेश” नामकरण अनिवार्य सर्त हो भन्ने मानसिकताले सांसदहरू जाउन्, अहिलेसम्म हामी अनुरोधको भाषा बोलिरहेका छौँ,’ उनले भने, ‘किरात प्रदेशमा सहमत हुन नसक्ने दलको भण्डाफोर मात्रै होइन सत्यनास गर्छौं ।’ 

आयोजित कार्यक्रममा प्रा.डा. धनप्रसाद सुवेदीले किरात इतिहास पनी हो। र, भूगोल पनी हो। उनले आफ्नो चिनामा किरात शब्द भएको उल्लेख गर्दै प्रदेश नं. १ को मूल पहिचान किरात नै भएको बताए । प्रा.डा. सुवेदीले पहिचानलाई सम्बोधन गर्नका लागि नै संधीयताको व्यावस्था गरिएको समेत बताए। 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...