News Portal

भारतमा पहिलो आदिवासी ६४ बर्षीय द्रौपदी मुर्मू राष्ट्रपति निर्वाचित हुने निश्चित

“ओडिसाकी ६४ वर्षीया द्रौपदी मुर्मू निर्वाचित हुने निश्चित”

हिमालीसंचार संवाददाता
३४६ पटक

ऐजेन्सी – भारतमा सोमबार भएको १५ औं राष्ट्रपति निर्वाचनको मतपरिणाम सार्वजनिक जुलाई २१ हुने भए पनी भारतले इतिहासमै पहिलोपटक आदिवासी राष्ट्रपति ओडिसाकी ६४ वर्षीया द्रौपदी मुर्मू निर्वाचित हुने निश्चित भएको छ।

भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले पूर्वराज्यपाल मुर्मूले उम्मेदवारी दिएकी हुन् । कांग्रेस सहित विपक्षी गठबन्धनका उम्मेदवारी तृणमुल कांग्रेसका नेता यशवन्त सिन्हा प्रतिस्पर्धामा रहेका छन्  । उनको पक्षमा विपक्षी दलहरु एक जुट नभएका कारण मुर्मूको जित निश्चित भएको हो। सत्तारूढ दलसँग भोट संख्या बढी रहेको र विपक्षी दलहरू एक नभएको कारण सत्तारूढ गठबन्धनका उम्मेदवार मुर्मूले पाएपछि उनको जित निश्चित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भाजपाले राष्ट्रपतिका लागि आदिवासी महिला उम्मेदवार सारेर विपक्षी गठबन्धनलाई अप्ठ्यारोमा पारेको जनाइएको छ । आदिवासी त्यसमाथि महिला भएका कारण विपक्षी गठबन्धनका केही दल उनको समर्थनमा उभिए । मुर्मू ओडिशाबाट विधायक र उडिसा सरकारमा मन्त्री पनि रहिसकेकी छन् । उनी निर्वाचित भएको खण्डमा प्रतिभा पाटिलपछि भारतको दोस्रो महिला राष्ट्रपति बन्नेछिन् । विपक्षी गठबन्धनको उम्मेदवार बनेका सिन्हाले अटल बिहारी बाजपेयी नेतृत्वको सरकारमा विभिन्न मन्त्रालय सम्हालेका थिए । तर पछि उनले भाजपा छाडेर ममता बनर्जीको पार्टी तृणमुल कंग्रेस प्रवेश गरेका थिए । राष्ट्रपति चुनावका लागि भारतमा लोकसभा, राज्यसभा र विधानसभाका सदस्यहरूले मत दिने गर्छन् ।

लोकसभा र राज्यसभामा निर्वाचित सांसदको संख्या ७ सय ७६ छ । त्यस्तै, ४ हजार ३३ जना विधायक छन् । उनीहरू सबैले राष्ट्रपतिका लागि मतदान गर्छन् । सोमबारको मतदानमा ९९.१८ प्रतिशत मत खसेको छ । विपक्षीको पनि समर्थन पाएपछि सत्तारूढ दलका उम्मेदवार मुर्मूले ६१ प्रतिशत हाराहरी मत पाउने आकलन छ । राष्ट्रपतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ । मुर्मू उम्मेदवार बन्दै गर्दा भाजपालाई आवश्यक मत पुर्‍याउन १७ हजार भोट कम थियो । तर, महिला र आदिवासी समुदायको उम्मेदवार छनोटले उनको पक्षमा भोट बढ्दै गएको हो ।

भारतको राष्ट्रपति कार्यकारी पद भने होइन । राष्ट्रपतिको चुनावमा आम मानिसले प्रत्यक्ष मतदान गर्दैनन् । लोकसभा, राज्यसभा र विधानसभामा निर्वाचित भएका सदस्यहरू राष्ट्रपति चुनावका मतदाता हुन् । लोकसभा वा राज्यसभामा मनोनीत सदस्य भने मतदाता हुँदैनन् । अहिले लोकसभा र राज्यसभा गरेर केन्द्रीय संसद्मा ७ सय ७६ सदस्य छन् । एक जना सांसदको मतभार ७ सय तोकिएको छ । त्यस्तै सबै प्रदेशको गरेर ४ हजार ३३ विधायक छन् । सबै सांसदको मतभार ५ लाख ४३ हजार २ सय र विधायकहरूको मतभार ५ लाख ४३ हजार २ सय ३१ छ । कुल मतभार १० लाख ८६ हजार ४ सय ३१ छ ।

त्यसको ५० प्रतिशतभन्दा बढी अर्थात् ५ लाख ४३ हजार २ सय १६ मत ल्याउनेले चुनाव जित्छ । राष्ट्रपति चुनावमा सांसद र विधायकमाथि पार्टीको ह्विप लाग्दैन । लोकसभा र राज्यसभाका सदस्यको मत मूल्य सबैको बराबर हुन्छ । तर, विधानसभा सदस्यको भने प्रदेशको जनसंख्याका आधारमा अलग मतभार निर्धारण गरिएको छ ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...