News Portal

कोरिया जाने नेपाली श्रमिकको संख्या उल्लेख्य वृद्धि

हिमालीसंचार संवाददाता
४५५ पटक

काठमाडौं – कोरोना महामारीका कारण रोकिएको कोरिया पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ।

कोरोना कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको कात्तिकबाट पुनः सुरु भएर हालसम्म ५ हजार ५५६ श्रमिक कोरिया प्रवेश गरेका छन्। यो सङ्ख्या गत वर्ष ३८७ रहेको थियो भने अघिल्लो वर्ष अर्थात् सन् २०२० मा १ हजार २७ थियो।

वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०७४/०७९ को प्रगति प्रतिवेदन सार्वजनिक गर्दै नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य कोरिया पुनः लयमा फर्केको जनाएको छ।

विभागका महानिर्देशक शेषनारायण पौडेलले ईपीएस अन्तर्गत जाने श्रमिकका लागि थप कोटा निर्धारण गरेको जनाउँदै आगामी वर्ष अझ धेरै युवाले कोरियामा रोजगारी पाउने बताए। 

‘हाल उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि कोरियाका रोजगारदाताले १० हजारको हाराहारीमा नेपालबाट श्रमिक लैजान भाषा परीक्षा भइरहेको छ,’ महानिर्देशक पौडेलले भने, ‘कोरोना संक्रमणपछि कोरियामा श्रमिक अभाव भए पनि अन्य देशको तुलनामा नेपालबाट धेरै श्रमिक लैजाने तयारी भएको हो। आजको कारोबार दैनिकमा समाचार छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...