News Portal

किरात राई यायोक्खाले “किरात प्रदेश” नामकरणको माग गर्दै मुख्यमन्त्रीको कार्यालय घेराउ

खम्बुवानको समेत एक्यबद्धता!

हिमालीसंचार संवाददाता
३२३ पटक

विराटनगर – प्रदेश नं. १ को नाम किरात प्रदेश नामकरण गर्नु पर्ने माग सहित राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिको आयोजनामा विराटनगर स्थित प्रदेशसभा त्यसपछि मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन्।

पूर्वाचञ्चलका विभिन्न १४ जिल्लाका पहिचान पक्षधरका जनता किरात राई यायोक्खा केन्द्रिय कार्यसमिति काठमाडौंको आह्वानमा स्वतस्फुर्त प्रदेशसभा र मुख्यमन्त्रीको कार्यालय धेराउ गर्न पुगेका हुन्।

प्रदेश नं. १ को नाम “किरात प्रदेश” नामकरण गर्न जनदबाब सिर्जना गर्न किरात राई यायोक्खाले शक्ति प्रर्दशन गरेको हो। किरात प्रदेशको सवालमा किरात राई यायोक्खाले २५ लाख हस्ताक्षर संकलन गरी प्रदेशसभा तथा मुख्यमन्त्रीलाई बुझाई सकेको बताउदै आफ्नो माग बेवास्ता गरिए त्यसको चर्को मुल्य चुकाउनु पर्ने चेतावनी समेत दिएका छन् । 

प्रदेश नं. १ राजनीतिक दलले आआफ्नो घोषणा पत्र अनुरुप प्रदेश नं. १ को नामकरणका विषयमा एज जुट हुन अनुरोध गरेका यायोक्खाले राजनीतिक दललाई सचेत समेत गरे। पछिल्लो समय राजनीतिक दलका कारण प्रदेश १ को नामकरणको विषय पेचिलो बन्दै गइरहेको छ । प्रदेश सभाको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रदेशले अझै प्रदेशको नाम टुङ्ग्याउन सकेको छैन । 

प्रदेश १ को नाम पहिचानका आधारमा राख्न माग गर्दै यायोक्खाले दबाबका कार्यक्रम आयोजना गरेका हुन्  । यही क्रममा किरात राई यायोक्खाले प्रदेशको नाम ‘किरात प्रदेश’ राख्न माग गर्दै आज मुख्यमन्त्री कार्यालय अगाडि घेराउ गरेका हुन्। आजको प्रदेशसभा तथा मुख्यमन्त्रीको कार्यालय धेराउ कार्यक्रममा १४ जिल्लाको पहिचान पक्षधर मोटरसाइकल र्यालीमा सहभागी भएको यायोक्खा महासचिव जनक राईले हिमालीसंचारडटकमसंग बताए। 

उनीहरूले पहिचानको आधारमा प्रदेश १ को नाम “किरात प्रदेश” हुनुपर्नेमा जोड दिँदै नाराबाजी गरेका यायोक्खाले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाए। यायोक्खा अध्यक्ष दिवस राईले यहि हप्ता भित्र प्रदेश नं. १ ले पहिचानको आधारमा नामकरण हुने विश्वास व्यक्त गरे। 

त्यस्तै, किरात खम्बुवान साझा पार्टीले समेत यायोक्खाले आयोजना गरेको जनदबाब कार्यक्रममा एक्यबद्धता जनाउदै मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई खम्बुवानका अध्यक्ष भूपि कोयी राईले ज्ञापन पत्र बुझाए। आफ्नो पार्टीको अन्तिम लक्ष पहिचानको आधारमा “किरात प्रदेश” रहेको समेत बताए। 

मुख्यमन्त्री राजेन्द्रकुमार राईले ज्ञापन पत्र बुझ्दै प्रदेश नं. १ को नामकरणको विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउदै सहमतिका आधारमा जनताको माग सम्बोधन हुने गरी प्रदेशको नामकरण गर्ने बताए। म राईको छोरो भएको नाताले होइन। प्रदेश नं. १ को ऐतिहासिक तथ्यका आधार र सभ्यताको आधारमा प्रदेश नं. १ को नामकरण गरिने मुख्यमन्त्री राईले बताए। 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...