News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मतदाता नामावली : २ लाख ५० हजार मतदाता थपियो, झापा जिल्लाबाट सबैभन्दा बढी नाम दर्ता

    हिमालीसंचार संवाददाता
    २०९ पटक

    काठमाडौं – असार महिनामा थप २ लाख ५० हजार ७ सय २६ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार असार ३० गतेसम्म दर्ता भएकामध्ये २ लाख ३० हजार १ सय १२ जना जिल्लाअन्तर्गत र १९ हजार ७ सय ३४ जना बाह्य जिल्लाअन्तर्गत दर्ता भएको हो ।

    गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १८ वर्षमाथिका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेको थियो। आयोगले अब हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन कार्य सञ्चालन गरेको हो।

    आयोगका अनुसार सबैभन्दा  बढी बागमती प्रदेशबाट ६२ हजार ८ सय ५, प्रदेश १ बाट ५३ हजार ७ सय ७५ र मधेस प्रदेशबाट ४७ हजार ७ सय ५२ जनाले नामावली दर्ता गराएका छन्।

    जिल्लाको हिसाबले नामावली दर्ता गराउनेमा सबैभन्दा बढी झापा जिल्लाबाट १३ हजार ७ सय ४४ छन्। १३ हजार ४ सय ५५ जनाले नामावली दर्ता गराएको मोरङ दोस्रो सबैभन्दा बढी नामावली दर्ता भएको जिल्ला हो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस्

    पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरू विवादमा, न्यायपरिषदमा उजुरी

    काठमाडौं, जेठ १६ – रौतहटको चर्चित बम विस्फोट घटनामा संलग्न ठहर गर्दै जिल्ला अदालतले दोषी...

    लागुऔषधसहित एक युवक पक्राउ, प्रहरीको निगरानीमा झन् कडाइ

    धरान, जेठ १६ – पूर्वी नेपालको सुनसरी जिल्लामा लागुऔषध ओसारपसारमा संलग्न एक युवकलाई प्रहरीले विशेष...

    सभामुख घिमिरेद्वारा प्रमुख सचेतकहरूसँग आकस्मिक छलफल : संसद अवरोध अन्त्यको प्रयास

    काठमाडौं, जेठ १६  — प्रतिनिधिसभामा लामो समयदेखि चलिरहेको अवरोध अन्त्य गर्न पहलस्वरूप सभामुख देवराज घिमिरेले...

    आजको राशिफल

    आज जेठ १६, २०८२ (मे ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ७० वर्षपछि मात्रै वृद्धभत्ता : सरकारको निर्णयले ल्यायो नयाँ मोड

    काठमाडौं, जेठ १५ – अबदेखि सरकारले प्रदान गर्ने वृद्धभत्ता लिन ७० वर्षको उमेर पुग्नुपर्ने भएको...