News Portal

पेट्रोलियम पदार्थको भुक्तानीका लागि नेपाल आयल निगमले जुटायो १४ अर्ब रुपैयाँ

हिमालीसंचार संवाददाता
२६८ पटक

काठमाडौं – पेट्रोलियम पदार्थको भुक्तानीका लागि नेपाल आयल निगमले करिब १४ अर्ब रुपैयाँ व्यवस्थापन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई सात अर्ब रुपियाँ ऋण उपलब्ध गराउने निर्णय गरेपछि निगमलाई यो रकम व्यवस्थापन गर्न सहज भएको हो।

अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले निगमलाई मन्त्रिपरिषद्को निर्णयअनुसारको सात अर्ब, भ्याट फिर्ताबापतको तीन अर्ब ५० करोड, जग्गा धितो राखेर तीन अर्ब, पूर्वाधार करबापतको ५९ करोड ८६ लाख ८० हजार रुपियाँ प्राप्त भएको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए । 

आन्तरिक राजस्व विभागबाट तीन अर्ब ५० करोड रुपियाँ भ्याट फिर्ताबापत र तीन अर्ब रुपियाँ जग्गा धितो राखेर प्राप्त भएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...