News Portal

चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगर कुवेत आउदै

हिमालीसंचार संवाददाता
६५८ पटक

कुवेत – नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी २ सेप्टेम्बर २०२२ का दिन गायिका देबी घर्ती मगर कुवेत आउने अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन।

नेपाल कुवेत साँस्कृतिक मञ्चले हरितालिका तीज विशेष स्थापनाकालदेखी हरेक बर्षहरुमा नेपाली हिन्दूधर्मावलम्बी महिलाहरुको महानचाड हरितालिका तीजमा बिशेष सांगीतिक धमाका गर्दै आएको छ। तर गत वर्षभने कोरोना महामारीका कारण कार्यक्रम हुन सकेको थिएन।

नेपाल कुवेत साँस्कृतिक मञ्चको २० औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाकामा स्थानीय कलाकारलेसमेत प्रस्तुति दिने छन। “हाम्रो संस्कृति हाम्रो पहिचान” भन्ने मुल नारालाई आत्मसात् गर्दै नेपाली कला र संस्कृतीको जगेर्ना गर्न तथा प्रवासमा निरन्तर काममा व्यस्त हुने गीतसंगीत प्रेमी नेपालीहरुका लागि सांगीतिक मनोरन्जन भरपूर रुपमा प्रदान गर्न नेपाल कुवेत साँस्कृतिक मञ्चले हरेक वर्ष साँस्कृतिक कार्यक्रम गर्दै आएको छ।

साँस्कृतिक मञ्च कला, संस्कृतिको जगेर्ना, सांगितिक मनोरन्जन तथा सामाजिक कार्यमा अग्रपंतिमा रहन सफल भएको यस साँस्कृतिक मंचले अन्तमा परदेशमा रहेरपनि कला र गला भएका नयाँ तथा पुराना कलाकार दाजुभाई तथा दिदिबहिनीहरुले आफ्नो कला र गला प्रस्तुत गर्नको लागि नेपाल कुवेत साँस्कृतिक मञ्चका बरिस्ठ संरक्षक टिकाराम आचार्य तथा अध्यक्ष गोबिन्द बराललाई (सम्पर्क ६५०६५३७९) र अन्य कार्यसमिति सदस्यहरुसंग सम्पर्क गर्नुहुन कुवेतवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा नेपाल कुवेत साँस्कृतिक मञ्चले अनुरोध गरेकाे छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...