News Portal

मोबाइल आयातमा सरकारले थप कडाई, ३८ हजारभन्दा बढी मूल्यको ल्याउन नमिल्ने

हिमालीसंचार संवाददाता
२८४ पटक

काठमाडौं – सरकारले मोबाइल आयातलाई थप कडाई गरेको छ । यसअघि वैशाख महिनामा आयात विदेशी मुद्राको सञ्चिती जोगाउन भन्दै सरकारले ६०० डलरभन्दा महँगा स्मार्टफोन आयातमा बन्देज लगाएको थियो । यसलाई थप कडाई गर्दै सरकारले ३०० डलरभन्दा महँगो स्मार्टफोन आयातमा बन्देज लगाएको हो ।

आजको विदेशी विनिमय दर अनुसार ३०० अमेरिकी डलरको नेपाली रुपैयाँ ३८ हजार हुन आउँछ । सरकारले वैशाख महिनादेखि नै महँगा स्मार्टफोन आयातमा रोक लगाएको थियो । भदौ १४ गतेसम्मका लागि थप गरेको हो ।

गत आर्थिक वर्ष २०७८/७९ को जेठ महिनासम्मको अवधिमा नेपालले विदेशबाट ३८ अर्ब ६ करोड ६९ लाख रुपैयाँको स्मार्टफोन आयात गरेको छ । यसअवधिमा ५५ लाख ८६ हजार सेट स्मार्टफोन भित्रिएको भन्सार विभागको तथ्याङ्कले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...