News Portal

  • कुबेतमा यसरी मनाईयो २०९औं भानु जयन्ती

    हिमालीसंचार संवाददाता
    ३८४ पटक

    कुवेत – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले २०९औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रम कुवेतकाे फाहहिलस्थित ए.वान. नेपाली रेस्टुरेन्टमा भव्य रुपमा सम्पन्न भयाे।

    हिजाे १५ जुलाई शुक्रवारका दिन २०९औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्बीरमा माल्यार्पण तथा राष्ट्रिय गानबाट कार्यक्रम शुरु गरियो।

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरका अध्यक्ष प्रबिन आचार्यको सभापतित्व र नेपाली दूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो।

    विशिष्ट अतिथिमा गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष उमेश पुडासैनी, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रनध्वज लामा, नेपाली जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरही नेपाल पत्रकार महासंघ कुवेतका सचिव चन्द विश्वकर्मा रहेका थिए।

    अतिथिमा कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाका प्रतिनिधि, पत्रकार र साहित्यकार रहेका थिए। कार्यक्रम संचालनद्वय प्रसाद तिम्सिना र महासचिब बद्री न्यौपानेले गरेका थिए।

    कार्यक्रममा तिलाचन बस्यालले स्वागत मन्तव्य राखेका थिए भने, नेपाल पत्रकार महासंघ वैदेशिक शाखाका कुवेतका सचिव चन्द्र गातामे तथा बिभिन संघसस्थाबाट प्रतिनिधित्व गरि उपस्थित प्रतिनिधि, विशिष्ट अतिथि र प्रमुख अतिथि शुभकामना मन्तव्य दिएका थिए।

    कार्यक्रममा साहित्यप्रेमी साहित्यकारहरुले रचना वाचन गर्दा निकै रौनकता छाएको थियो। अन्त्यमा कार्यक्रमका सभापति प्रविन आचार्यले कार्यक्रम समापन गरेका थिए। औपचारिक कार्यक्रम सम्पन्न पश्चात पनि नेपाली संगीतमय वातावरणमा नाचगान गरिएकाे थियोे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गायिका एलिना चौहानमाथि अश्लील टिप्पणी गर्ने पक्राउ

    काठमाडौं, असार १९ –  लोकप्रिय गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग गरी गालीगलौज...

    स्रोत नखुलेको नगदसहित गौरमा पूर्व अनुसन्धानकर्मी पक्राउ

    रौतहट, असार १९ — रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पूर्व...

    सफलताको शिखर चढ्दै मातृका लम्साल

    युएई, असार १९ — आजभन्दा १५ वर्षअघि क्लिनरको काम गर्न युएई पुगेका झापाका मातृका लम्साल...

    झापामा किशोरमाथिको कुटपिटले लियो दुईको ज्यान : दोषीमाथि कडा कारबाहीको माग

    झापा, असार १९ – झापाको शिवसताक्षी नगरपालिका–९ मा केही दिनअघि भएको एक कुटपिट घटनाले दुई...

    आज २०८२ साल असार १९ गतेको राशिफल

    आज असार १९, २०८२ (जुलाई ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...