News Portal

दोलखाको कालिञ्चोक गाउँपालिकामा बुलेरो दुर्घटना २ जना घाइते

हिमालीसंचार संवाददाता
२९८ पटक

पुष्कर खड्का रामेछाप – दोलखामा बुलेरो गाडि दुर्घटना भएको छ। बा १९ च ७३० नम्बरको बोलेरो गाडि बिच सडकमै ब्रेक फेल भई दुर्घटना हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीको जानकारी अनुसार आज दिउँसो करिब पौने १ बजेतिर सिंगटीतर्फ जाँदै गरेको बा १९ च ७३० नम्बरको बोलेरो गाडि ब्रेक फेल भई कालिन्चोक गाउँपालिका वडा नम्बर ७ सुनखानी स्थित सिसागोलाइ र सित्का बिचको सडक खण्डमा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सानु तामाङले जानकारी दिनुभयो।

उहाँको जानकारी अनुसार बोलेरो गाडी दुर्घटना हुँदा चालक प्रकाश पाठक र सहचालक उपेन्द्र पाठक सामान्य घाईते भएको छन् । घाइते भएको २ जनाको सिंगटी स्थित रोल्वालिङ अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...