News Portal

कुबेतको फर्वानियामा हिमालयन हाउस रेस्टुरेन्टको दोश्रो शाखाको शुभारम्भ

हिमालीसंचार संवाददाता
४०९ पटक

कुबेत – वैदेशिक रोजगारको शिलसिलसिलामा कुवेतमा लामो समय बिताएका सङ्ग सङ्गै व्यावसायिक सम्बन्धि थुप्रै अनुभव बटुलिसकेका अनुभवीहरुको लगानीमा हिजो २०२२ जुलाई ११ मा दोश्रो हिमालयन हाउस रेस्टुरेन्टको शुभारम्भ गरेको छ।

शुद्ध, सफा र शान्त बाताबरणमा आफ्नो रोजाई अनुसारको विभिन्न नेपाली स्वादिष्ट परिकारहरुको खाना पाईने हिमालयन हाउस रेस्टुरेन्ट कुबेतको फर्वानियास्थित ब्लक-३ स्ट्रीट १११ अबस्थित रहेको उक्त रेस्टुरेन्ट फर्वानिय एरियामा बस्ने नेपालीहरुको लागि अत्यन्तै पायक पर्ने ठाउँ साथै अन्य ठाउँबाट आउनलाई यातायातको समेत राम्रो सुबिधा रहेको छ।

प्रेम गुरुङ, राम गुरुङ र निर गुरुङको समुहक लगानिकमा रहेको हिमालयन हाउस रेस्टुरेन्टको शुभारम्भ समारोहमा कुवेतका लागि नेपाली राजदुत महामहिम दुर्गा प्रशाद भन्डारीलगायत राजदूतावास कुबेत, गैरआवासीय नेपाली सघ कुवेतका अध्यक्ष कुवेतको नेपाली समाजका कृयाशिल बिभिन्न सँघ-संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी लगायत अन्य बुद्दिजिवीहरुको उपस्थिती रहेको थियो।

सबै उपस्थित नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई हिमालयन हाउस रेस्टुरेन्टको संचालक टिमको तर्फबाट हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा समेत यहाँहरुको माया, हौशला र सहयोग निरन्तर पाईरहने छ भन्नेमा हामी ढुक्का रहने छौ।

अपेक्षा रहने भन्दै उपस्थित सबैलाई मिठो भोजनले स्वागत गरेका थिए। त्यस्तै हिमालयन हाउस रेस्टुरेन्टलाई सम्पर्क गर्नु परेमा साथै घरमै बसि आफुलाई मनपर्ने नेपाली परिकारहरु अर्डर गर्नु परेमा टेलीफोन, Talabat, Getdukan बाट उपलब्ध हुने बताइएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...