News Portal

रारामा दशैं मनाउने पर्यटकको संख्या बढ्यो

८१६ पटक

असोज, २७ काठमाडौं : लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरुमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो विदामा धेरै व्यक्तिहरु बिभिन्न स्थानमा घुम्न निस्किन्छन् । पछिल्लो समय मुगुको रारा घुम्न गएर दशैं मनाउने स्वदेशी पर्यटकहरुको संख्या पनि बढेको छ ।

गत वर्ष ३ परिवार रारामा दशैंको दिन टीका लगाउन पुगेका थिए । यो वर्ष ७ परिवारले रिसोर्ट बुक गरेको रारा ताल छेउमा रहेको भिलेज हेरिटेज रिसोर्टका सञ्चालक राजु कार्कीले जानकारी दिए । उनले भने, ‘रारामा दशैं मनाउनका लागि दुई दर्जनभन्दा बढी परिवारले सोधखोज गर्नु भएको छ तर अहिलेसम्म ७ परिवारले मात्र कन्फर्म गर्नु भएको छ ।’

दशैंको समयमा हवाई टिकटको समस्या हुन्छ भन्ने हल्लाले गर्दा कतिपयले असहज मान्ने गरेको उनले बताए । समयमै टिकट बुकिङ गरेमा यस्तो समस्या नआउने उनको भनाइ छ ।

हवाईजहाज चढेर रारा जानेहरुलाई ३ रात ४ दिनको प्याकेज होटल सञ्चालकले बनाएका छन् । त्यसका लागि एक व्यक्तिका लागि ३५ हजार रुपैयाँ खर्च लाग्दछ । यसैगरी गाडि चढेर रारा आउनेहरुलाई ७ दिनको प्याकेज छ जसका लागि प्रतिव्यक्ति २५ हजार ५ सय रुपैयाँ लाग्ने कार्कीले बताए ।

रारा राष्ट्रिय निकुञ्जमा सडक सन्जालले छोएपछि सडकमार्ग हुँदै आन्तरिक पर्यटक आगमन वृद्धि भएको  हो । ताल्चा विमानस्थलको रनवे पनि पिच भएको छ । त्यसैले नेपालगन्जदेखि हवाईजहाजबाट समेत रारा जानेको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । पर्यटकको आगमन बृद्धि भएलगत्तै रारा ताल नजिकै रहेका गाउँमा होमस्टे समेत सञ्चालन गरेका छन् ।

दैनिक ३ सयसम्म रारामा आन्तरिक पर्यटक जाने गरेका छन् । रारा ताल हेर्नलाई सबैभन्दा उपयुक्त स्थल मुर्मा टप हो । रारामा विश्वमै कहीँ पनि नपाइने स्नो ट्राउट प्रजातीको माछा पाइन्छ । रारा तालका दिनमा तीन पटकसम्म पानीको रंगसमेत परिवर्तन हुने गर्दछ ।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...