News Portal

  • किरात साम्पाङ राई जुम्लेखाको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: तेजकुमार साम्पाङ चयन

    हिमालीसंचार संवाददाता
    ३११ पटक

    युवा राई/हङकङ – किरात साम्पाङ राई जुम्लेखाको पाँचौ अधिवेशन आज सुप्तुलुङखीम हङकङमा सम्पन्न गरिएको छ। किरात साम्पाङ राई जुम्लेखा हङकङको नया कार्यसमितिका अध्यक्षमा पुन: तेजकुमार साम्पाङ सर्वसम्मत चयन गरिएको हो।

    नया कार्यसमितिका अध्यक्षमा तेजकुमार साम्पाङ, उपाध्यक्षमा दिपक केशर राई, उपाध्यक्षमा नाराण प्रसाद राई, सचिवमा मणिराज राई, कोषाध्यक्षमा रविचन्द्र राई र सदस्यहरुमा सुनिल राई, भक्तराज राई लगायत १३ सदस्य मुलकार्य समिति चयन गरिएको निर्वाचन मण्डलका प्रमुख हरीचन्द्र राईले हिमालीसंचारडटकमसंग बताए। अधिवेशनमा निर्वाचन मण्डका प्रमुखमा हरिचन्द्र राई, सदस्य धिरज साम्पाङ र शशी मदन राईले नया कार्यसमितिलाई पूर्णता दिएका थिए।

    आयोजित कार्यक्रममा किरात राई यायोक्खा हङकङका अध्यक्ष चन्द्रिका राईको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो। त्यस्तै, हङकङमा गठीत अन्य भाषिक जातिय संघसंस्थाहरु किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष कल्पना चाम्लिङ, दुमी किरात राई फन्सिकिमका अध्यक्ष कमल दुमी, किरात राई पुमा तुम्खाबाङखालाका अध्यक्ष पेङ पुमा, किरात राई बान्तावा खिमका अध्यक्ष दुर्गाकान्त बान्तावा, थुलुङ राई सामाका अध्यक्ष रामली थुलुङ, किरात सोदेल कोयी/कोयु किमका अध्यक्ष प्रकाश कोयी र किरात राई बायुङ सुम्निखिमका अध्यक्ष लोखराज बायुङको उपस्थिति रहेको थियो।

    आयोजित कार्यक्रमका प्रमुख अतिथि किरात राई यायोक्खा हङकङका अध्यक्ष चन्द्रिका राईले दीप प्रज्जलन गरी कार्यक्रम उद्घाटन गरेसंगै किरात लोकपरिवेशमा आधारित गीत “मट्टीको कसम..” बजाईएको थियो। नया कार्यसमितिलाई प्रमुख अतिथिले बधाई तथा शुभकामना दिएकी थिइन्।

    त्यस्तै, इलाम समाज हङकङका अध्यक्ष बसन्तकुमार विपिनले नया कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए। आयोजित कार्यक्रम संस्थाका सचिव मणिराज राईले कार्यक्रम संचालन गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १८ गतेको राशिफल

    आज कार्तिक १८, २०८२ (नोभेम्बर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...