News Portal

युक्रेनी राष्ट्रपतिद्वारा ४ देशका राजदूत देश निकाला, भारतीय राजदूत पनी निशानामा

हिमालीसंचार संवाददाता
३९३ पटक

एजेन्सी। चार महिनादेखि जारी युद्धमा रसियाले पकड बनाउँदै लगिरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले पाँच देशका राजदूतलाई देश निकाला गरेका छन्।

उनले यससम्बन्धी एक आदेशमा शनिबार हस्ताक्षर गरेका छन्। जेलेन्सकीले चार वटा युरोपेली राष्ट्रका राजदूतलाई पनि बर्खास्त गर्दै देशनिकालाको घोषणा गरेका छन्।

जेलेन्सकीले युरोपेली मुलुकहरु जर्मनी, हंगेरी, चेक रिपब्लिक र नर्वेका राजदूलाई बर्खास्त गर्दै देश छाड्ने आदेश दिएका हुन्।

युक्रेनमाथि आक्रमणको मामिलामा रसियाको पक्षमा देखिँदै आएको भारतका युक्रेनस्थित राजदूत पनि जेलेन्सकीको निशानामा परेका छन्।

रसियाले आक्रमण गरेपछि जेलेन्सकीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर सहयोगको गुहार मागेका थिए।

तर अर्बौ डलरको व्यापारिक साझेदार रसियाविरुद्ध राष्ट्रसंघदेखि अन्य अन्तर्राष्ट्रिय फोरममा पनि भारत उभिन तयार भएको थिए।

पछिल्लो समय युक्रेन मामिलामा अमेरिका नेतृत्वको नेटो र युरोपेली मुलुकहरुले हात झिक्दै गएपछि रसियाले एकपछि अर्को भू-भाग कब्जा तीव्र बनाएको छ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...