News Portal

पकुवा खोलाको अप्ठ्यारो भीरमा पाइप तान्दै नगर प्रमुख राई

हिमालीसंचार संवाददाता
३२८ पटक

धरान – धरान उपमहानगरपालिका धरान वडा नं. २० स्थित पकुवा खोलाको अप्ठ्यारो भीर हुदै धरान शहरमा बस्ने जनताका लागि खानेपानी व्यवस्थापनका गर्न नगर प्रमुख हर्कराज राई सर्वसाधरण जनतासंगै अप्ठ्यारो भीरमा श्रमदानमा जुटिरहेका छन्।

नगर प्रमुख हर्कराज राईको आव्हानमा विगत ४ हप्तादेखि सार्वजनिक विदा शनिवारको दिन पनी धरान वडा नं. २० स्थित पकुवा खोलामा धरानका सयौं युवा, सर्वसाधरण र बुढापाका समेत आफ्नो बलपुत्ताले सकेको जनश्रमदानमा सहभागिता जनाउदै युवा जोसजागर लिएर नगर प्रमुख राईको आव्हानमा धराने युवाहरु खानेपानी व्यवस्थापनका लागि जुटिरहेका छन्। 

नगर प्रमुख राईका अनुसार पकुवा खोलाबाट संकलित खानेपानी विशेषत धरान वडा नं. ११ को खानेपानीको अभाव टार्न सदूपयोग गरिने बताउछन्। तर, श्रमदानका लागि वडा नं. ११ मात्रै होइन धरानका प्रायजसो सबै वडाका धराने युवा, सर्वसाधरण श्रमदानका लागि पकुवा खोला पुगेका छन्। 

हिजो शनिवार नगर प्रमुख राई सर्वसाधरणसंगै खानेपानीको पाइप तान्न अप्ठ्यारो भीरमा झुण्डिरहेका थिए। पकुवा खोलामा अहिलेसम्म जनश्रमदान मार्फत खानेपानीको मुहानमा सानो-सानो २ वटा पानी ट्याङ्की निर्माण गरिएको छ । हिजो शनीवार करिब दुई तीन किलोमिटर खानेपानीको पाइप भीरमा टाँगिएको छ । उनी खुशीले मुसुक्क मुस्कुराउदै विकास निर्माणमा जनतासंग जोडिएको बताउछन्। 

नगर प्रमुख राईको यो अभियानमा धरानका जनप्रतिनिधिहरूको अहिलेसम्म उपस्थित छैन्। विभिन्न पार्टीका नेताहरूलाई पनि श्रमदान जस्तो पवित्र कर्ममा बोलाएको तर नआएको उनको भनाइ छ । धरानका विभिन्न वडाका सर्वसाधरणहरु स्वतस्फुर्त श्रमदानमा सहभागी हुदै आएका छन्।

धरानका खानेपानीको अभाव झेलेका जनताले नगर प्रमुख राईलाई आवश्यक श्रमदान गरेर सहयोग गर्दै आइरहेका छन् । श्रमदानमा सहभागिहरुले अरू खानेपानीको स्रोत पनि पहिचान गरेर श्रमदान गर्नुपर्छ । दीर्घकालीन हिसाबले कोशीको खानेपानी धरानमा ल्याउनु पर्ने नगर प्रमुख राईलाई सुझाव दिइरहेका छन् । 

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...