News Portal

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

हिमालीसंचार संवाददाता
२८० पटक

ऐजेन्सी – जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको समयमा आबेमाथि गोली प्रहार भएको थियो ।

गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटी स्थित एक अस्पतालमा लगिएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि घातक आक्रमणपछि जापानको सरकारी मिडियाले उनको निधन भएको पुष्टि गरेको छ ।

यसअघि प्रधानमन्त्री फुमियो किशिदाले आबेमाथि भएको आक्रमणलाई ‘घृणित कार्य’ बताएका थिए । आक्रमणकारीको उद्देश्य खुल्न नसकेको तर निर्वाचन अभियानसँग यसको सम्बन्धलाई नकार्न नसकिने उनले बताए ।यसअघि जापानका प्रधानमन्त्री फुमियो किशिदाले आबेको अवस्था चिन्ताजनक रहेको बताएका थिए । किशिदाले भनेका थिए, ‘म हृदयदेखि नै आबेको स्वास्थ्य लाभको कामना गरिरहेको छु । म यस आक्रमणको कडा शब्दमा निन्दा गर्दछु । लोकतन्त्रमा यस्तो हिंसाको कुनै स्थान हुँदैन ।’

राजधानी टोकियोमा भावनात्मक भाषणका क्रममा फुमियो किशिदाले भने, ‘चुनाव चलिरहेको छ । यसलाई लोकतन्त्रको आधारशीला भनिन्छ र यस्तो समयमा यो घटना भएको छ । यो बर्बर र दुर्भावनापूर्ण छ र यसलाई सहन सकिँदैन । हामीले जे जति गर्न सक्छौँ, त्यो गर्नेछौँ र यो हमलाको विरोध गर्नका लागि जति पनि कडा शब्द छन्, म ती प्रयोग गर्न चाहन्छु ।’

 

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...