News Portal

धरानको कार्यपालिक बैठक अबरुद्ध हुदा बैठकमै कड्किए नगर प्रमुख राई: याद राख्नुहोस् म धराने जनताको म्यान्डेटअनुसार आएको हुँ!

हिमालीसंचार संवाददाता
२७२ पटक

काठमाडौं – धरान उपमहानगरपालिका धरानको गत बिहीबारको कार्यपालिका बैठकमा बजेटको विषयमा असन्तुष्टि जनाउँदै वडाध्यक्षले टेबुलमाथि कागज फ्याकेपछि नगर प्रमुख हर्कराज राई कड्किए । उप प्रमुख बेघा ज्युलाई पर्याप्त छलफल चलाउनु भएन? भनेर प्रतिप्रश्न गरे।

बैठक अबरुद्ध भएपछि उपप्रमुख बेघामाथि पनि प्रश्न गर्दै ‘तपाईले छलफल चलाउनु भएन? हामीले बजेट कहिले पास गर्ने ? ८० सालको असारमा ? बदनाम भइसकियो अझै कति बदनाम हुने ? कसलाई कति रुप्पे दिने, उपमेयर कोष बनाउने–नबनाउने सबै तपाईंहरूले आजै निर्णय गर्नुहोस् र बजेट पास गर्नतिर लाग्नुहोस् ।’

नगर प्रमुख राईले वडाध्यक्षहरुलाई भने; ‘मैले बजेट बनाउने जिम्मा तपाईंहरूलाई नै दिएको हुँ । मैले कुन कुरामा हस्तक्षेप गरेँ ? यसो गर्नुहोस्, उसो गर्नुहोस् भनेँ ? आफूले गरेको कामलाई स्वीकार्न नसक्ने तपाईंहरूको सोच के हो ? आफैँले जन्माएको छोरोलाई छोरा नभन्ने कोठाबाट बाहिर निस्केपछि ?’ 

धरानमा बजेटको विषयमा अनावश्यक अ न्तुष्ट जनाउदै वडाध्यक्षहरुले बजेट पास गर्न दिएका छैनन् । कुनै न कुनै वडाध्यक्षका कारण बैठक अबरुद्ध हुदा बजेट पास हुन सकेको छैन। धरानबाट स्वतन्त्र चुनाव जितेका नगर प्रमुखलाई दोषी देखाउदै राजनीतिक दलका वडाध्यक्षहरुले कार्यपालिका बैठक अवरुद्ध गरिरहेका छन् । 

गत विहिबार कार्यपालिका बैठकको शुरुमै वडाध्यक्षहरुको हर्कत साम्य पार्दै नगर प्रमुख राईले भने, ‘के–के गर्नुपर्ने हो, आजै गर्नुहोस् । बजेट पास गर्नलाई पार्टीकै मेयर आउनुपर्ने हो ? तपाईंहरूले मलाई स्वतन्त्र भनेर हेपेको ? याद राख्नुहोस् म धराने जनताको म्यान्डेटअनुसार आएको हुँ । हेक्का राख्नुहोस् प्रतिद्वन्द्वी उम्मेदवारको भन्दा पाँच हजार भन्दा बढी मत लिएर आएको छु ।’ त्यो मतको सम्मान गर्ने की नगर्ने? उनी जंगिए। 

नगर प्रमुख राईले थप प्रतिप्रश्न गरे; “बजेट पास नभएर वडा कसरी चलाउनुहुन्छ ? खल्तीको पैसा हाल्नुहुन्छ ? कि डोनेसन माग्नुहुन्छ ? जहिले पनि बैठक सारेको छ, सारेको छ । तपाईंहरू पनि चुनाव जितेर आएको मान्छे हो ।  धराने जनतालाई के जवाफ दिनुहुन्छ ?’ धरानको बजेट निर्माण गर्न वडाध्यक्षहरुलाई नै पूर्ण अधिकार प्रदान गरेका भन्दै नगर प्रमुख पुन: कड्किए, ‘बजेट पास भएन भनेर मेयरलाई दोष थुपारेर आफू पन्छिन पाउँछु भन्ठानेको हो ? बजेट पास भएन भने मेयरले जिम्मा लिन्छ भन्ठानेको ? नगरपालिका मेरो मात्रै ठेक्का हो ? तपाईंलाई जनताले जिताएका होइनन् ? यति गैरजिम्मेवार नबन्नुहोस् । मैले विगत पनि हेरेर आएको छु। धराने जनतालाई के जवाफ दिनुहुन्छ ?’ उनको पुन: प्रश्न थियो। 

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...