– ज्यो.प. नारायणप्रसाद दुलाल,
मेष
व्यस्त दिनचर्या कायम हुनेछ । कार्य सम्पादनमा समस्या आउला । यात्रामा मालसामान हराउन सक्छ । अपरिचित व्यक्तिसँग छिटो विश्वासमा पर्नाले आर्थिक नोक्सानी हुन सक्छ । साताको मध्यबाट हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि कात्यायनी भगवतीको स्मरण गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
वृष
पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । भौतिक साधन जुटाउने समय छ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पहेंलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व नवदुर्गाको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मिथुन
मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । रमाइलो यात्राको योग रहेको छ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । कसेकसैका लागि विवाहको योग छ भने कसैको नयाँ घर सर्ने योजना पूरा हुनसक्छ । घरमा अतिथीको आगमन हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शैलपुत्री भगवतीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
कर्कट
सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । मनमा हर्ष, उल्लास र आनन्दको वातावरण प्राप्त हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । कसैकसैको प्रेमसम्बन्धले विवाहको रूप लिनसक्छ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग हल्का पहेंलो वा आकासे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि चन्द्रघण्टा भगवतीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
सिंह
सामान हराउने वा चोरी हुने सम्भावना छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ । मध्य सातामा पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु कालरात्री भगवतीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
कन्या
प्राय: सबै काम आफ्नै इच्छा एवं निगरानीमा सम्पन्न हुनेछन् । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कुष्माण्डा भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
तुला
रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । साझेदारी वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग खैरो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ब्रह्मचरणी भगवतीको आरधना गर्नाले अधिक सफलता हात पर्नेछ ।
वृश्चिक
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । रमणीय र सुखद यात्राको योग छ । दूरदराजमा रहेका अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नवीन वस्त्र प्राप्तिको योग छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग रातो वा केशरी हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महागौरीको पूजा गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
धनु
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा बिवाद आउनेछ । दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नसक्छ । यात्राका क्रममा सचेतता अपनाउनु राम्रो हुनेछ । साताको अन्त्यबाट साथीभाइसित भेटघाट गर्ने अवसर जुट्नेछ । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि स्कन्दमाता भगवतीको आरधना गरी यात्रा गर्नाले अधिक लाभ मिल्नेछ ।
मकर
कतै घुमघाम तथा धार्मिक यात्रामा जाने अवसर मिल्नसक्छ । साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमका कोपिलाहरु पक्रियर जानेछन् । पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसित पनि मेलमिलाप हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग रहेको छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग खैरो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ
पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । धार्मिक मठ–मन्दिरको भ्रमण हुनेछ । भोज तथा मनोरञ्जनको निम्तो हात लाग्न सक्छ । मध्य सातामा गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत र प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सेतो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानुपूर्व अघि महालक्ष्मीजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मीन
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सां आफूभित्रको क्षमता प्रयोग गरे उचित स्थान प्राप्त गर्न सकिएला । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सुन्तलारङ्ग वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व शिद्धिदात्री भगवतीको दर्शनगरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।