News Portal

धरानका नगर प्रमुख राईले मेयरका लागि किनिएको गाडी बेचेर सडकका खाल्टा टाल्ने गरे प्रस्ताव

हिमालीसंचार संवाददाता
३११ पटक

धरान – धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले  धरान उपमहानगरपालिका धरानका नगर प्रमुखको लागि खरिद गरिएको सुविधा सम्पन्न स्कोर्पियो गाडी बेचेर सडक रोलर किन्ने प्रस्ताव गरेका छन्।

धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राईले नगर प्रमुखका लागि भनेर धरान उपमहानगरपालिका धरानले यसअघि खरिद गरेको स्कोर्पियो गाडी बेचेर सडकका खाल्टा टाल्न सडक रोलर किन्न लागिएको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन्। यस अधि धरान उपमहानगरले नगर प्रमुख चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, उनी सरकारी गाडी चढेका छैन्। 

नगर प्रमुख राईले “गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर सर्वसम्मत अनुमोदन गरेको छ ।  नगर बैठकले आफ्नो प्रस्ताव अनुमोदन गरेपछि उनले फेसबुकमा लेखेका छन्, “मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो ! आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ ! जय धरान!”

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...