News Portal

अझै तुइनको भरमा अडिएको जीन्दगी

हिमालीसंचार संवाददाता
२७७ पटक

काठमाडौं – दार्चुलाको व्याँस गाउँपालिका-२ दम्लिङस्थित गोठालघाटबाट तुइनमा झुन्डिएर महाकाली नदी पार गर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको अवस्था खुल्न सकेको छैन। उनी भारत गर्वाधारबाट तुइनमा सामान लिएर व्याँस (२ स्थित घरतर्फ आउने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । यो घटना बुधबारको हो।

बेपत्ता बुढाथोकीको खोजी कार्य जारी छ। पुल नहुँदा दार्चुलाको उत्तरी क्षेत्रका बासिन्दा जोखिम मोलेर तुइनको भरमा महाकाली वारपार गर्छन्। महाकाली नदी वारपार गर्ने क्रममा तुइनबाट खसेर वा तुइन चुडिएर ज्यान गुमाउने र बेपत्ता हुने क्रम रोक्न पुल बनाउनुपर्छ ।

अघिल्लो वर्षको साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा खसेर व्याँस-२मालका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए। प्रत्यक्षदर्शीका अनुसार भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले तुइनको डोरी काटिदिएपछि धामी नदीमा खसेर बेपत्ता भएका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार तुइनबाट महाकाली वारपार गर्ने क्रममा १५ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांक २०७२ असारयताको हो। यस्तै दर्जनभन्दा बढी मानिस बेपत्ता भएका छन् । व्याँस क्षेत्रका बासिन्दाका अनुसार २०५० सालयता तुइनबाट महाकालीमा खसेर २६ जनाको ज्यान गएको छ। तर आधिकारिक निकायबाट स्थानीय बासिन्दाको दाबी पुष्टि हुन सकेको छैन। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...