News Portal

बेलायती प्रधानमन्त्री जोनसनले दिए राजीनामा

हिमालीसंचार संवाददाता
३०२ पटक

विवादमा फसेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन्। केहीबेरअघि उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा जिम्मेवारी सम्हालेका ५० जनाभन्दा बढीले राजीनामा दिएपछि जोनसनको बहिर्गमन अवश्यभावी भएको थियो। सुरूमा अन्तिमसम्म लड्ने बताएका जोनसनलाई उनकै विश्वासपात्रहरूले राजीनामा दिने सुझाएका थिए।

जोनसनको राजीनामासँगै अब बेलायतमा सत्तारूढ कन्जरभेटिभ पार्टीको नयाँ नेता चुन्ने प्रक्रिया सुरू हुनेछ। सन् २०१९ मा भएको संसदीय चुनावमा कन्जरभेटिभ पार्टीले तल्लो सदन हाउस अफ कमन्समा बहुमत ल्याएको थियो। ६५० सिटमध्ये ३६५ सिट कन्जरभेटिभ पार्टीले जितेकाले उसले एक्लै बहुमतको सरकार बनाउन सक्छ।

कन्जरभेटिभ पार्टीको नेता छान्न समय लाग्ने भएकाले त्यतिन्जेलसम्मका लागि जोनसन नै प्रधानमन्त्री हुने भएका हुन्। बुधबारसम्म बेलायती अर्थमन्त्री ऋषि सुनाकसहित विभिन्न मन्त्रीहरू र मन्त्रालयमा विभिन्न जिम्मेवारी सम्हालेका ४० जना बढी सांसदले राजीनामा दिएका थिए।   

जोनसनले देशलाई शासन गर्न सक्छन् भन्ने विश्वास नभएकाले राजीनामा दिएको उनीहरूले बताएका छन्। पछिल्लो समय जोनसनले एक जना विवादित सांसदलाई महत्वपूर्ण नियुक्ति दिएपछि उनको मन्त्रिपरिषदमा मतभेद चुलिएको हो।

त्यसअघि पनि जोनसन बेला बेलामा विवादमा आइरहेका थिए। कोरोनाभाइरसको महामारी सुरू भएपछि देशलाई लकडाउनमा राखेर आफूले भने प्रधानमन्त्री निवासमा भोज गरेको सार्वजनिक भएको थियो। उक्त विषयले बेलायती राजनीतिमा तरंग ल्याएको थियो र छानबिन पनि भएको थियो।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...