News Portal

न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ

हिमालीसंचार संवाददाता
३५९ पटक

काठमाडौं। न्युजिल्याण्ड पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ। नुवाकोटको विदुर नगरपालिका–७ घर भई काठमाडौँको बुढानिलकण्ठ बस्दै आएकी २७ वर्षीया शोभा पौडेल उर्फ दिया पक्राउ परेकी छिन्।

पौडेलले सिन्धुली घर भएका नारायण बोगटीसहित ९ जनालाई न्यूजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोप छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाअनुसार पौडेल ९ जनाबाट ६३ लाख रुपैयाँ रकम असुलेर सम्पर्कविहीन भएकी थिइन्।

न्युजिल्याण्डका लागी प्रतिव्यक्ति १२ लाख ५० हजार लाग्छ भन्थिन्। उनले त्यहाँ १ लाख ७० हजारसम्म तलब हुन्छ भनेर उनले ‘न्युजिल्याण्ड सपना’ बेच्ने गरेकी थिइन्।

असार २१ मा आरोपीलाई कपनस्थित निलोपुलबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी दिनेशकुमार आचार्यले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...