News Portal

न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ

हिमालीसंचार संवाददाता
४०६ पटक

काठमाडौं। न्युजिल्याण्ड पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ। नुवाकोटको विदुर नगरपालिका–७ घर भई काठमाडौँको बुढानिलकण्ठ बस्दै आएकी २७ वर्षीया शोभा पौडेल उर्फ दिया पक्राउ परेकी छिन्।

पौडेलले सिन्धुली घर भएका नारायण बोगटीसहित ९ जनालाई न्यूजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोप छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाअनुसार पौडेल ९ जनाबाट ६३ लाख रुपैयाँ रकम असुलेर सम्पर्कविहीन भएकी थिइन्।

न्युजिल्याण्डका लागी प्रतिव्यक्ति १२ लाख ५० हजार लाग्छ भन्थिन्। उनले त्यहाँ १ लाख ७० हजारसम्म तलब हुन्छ भनेर उनले ‘न्युजिल्याण्ड सपना’ बेच्ने गरेकी थिइन्।

असार २१ मा आरोपीलाई कपनस्थित निलोपुलबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी दिनेशकुमार आचार्यले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...