News Portal

चीनका राष्ट्रपति सी जिनपिङलाई भेटेका हङकङका सभासदलाई कोरोना पुष्टि

हिमालीसंचार संवाददाता
२९२ पटक

ऐजेन्सी – चिनियाँ राष्ट्रपति सी जिनपिङको हककङ भ्रमणका क्रममा उनीसँग भेटेका एक जना सभासद कोरोना संक्रमित भएका छन् ।  हङकङको सबैभन्दा ठूलो बेइजिङ–पक्षधर पार्टी ‘डेमोक्रेटिक एलाइन्स फर द बेटरमेन्ट अफ प्रोग्रेस इन हङकङ(डीएबी)’का नेता स्टीभन होलाई जुलाई २ मा कोरोना पाइएको थियो ।

होले आइतबार उनको फेसबुक पेजमा आफू संक्रमित भएपछि एकान्तवासमा बसेको जानकारी दिएका छन् । ​होले जुन ३० मा सीलाई भेट्नुअघि गरिएको परीक्षणमा भने नतिजा नेगेटिभ रहेको पनि बताएका छन् । 

स्थानीय टेलिभिजन आरटीएचकेले उनी र सीको सँगैको तस्विर बसेको फोटो सार्वजनिक गरेको छ । सी हङकङ बेलायतको शासनबाट चीनको शासनमा आएको २५ औं वार्षिकोत्सव कार्यक्रममा भाग लिन सहर गएका थिए । 

राष्ट्रपति सीकै भ्रमणको समयमा सहरका नयाँ प्रशासक जोन लीको पनि सपथ ग्रहण गराइएको थियो । हङकङ भ्रमण कोरोना महामारी सुरु भएपछिको सीको मुलभूमि चीन बाहिरको पहिलो भ्रमण थियो ।  

राष्ट्रपति सीको भ्रमणअघि हङकङका अधिकारीले सहरमा कोरोना परीक्षण तथा क्वारेन्टाइनको व्यवस्थालाई कडाइ गरेका थिए । सीले यसअघि पछिल्लो पटक सन् २०१७ मा हङकङको भ्रमण गरेका थिए । त्यस समय नवनिर्वाचित प्रशासक क्यारी ल्यामको शपथ ग्रहण समारोहमा सहभागी हुन गएका थिए । अल–जजिरा

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...