News Portal

धरानका नगर प्रमुख हर्कराज राईको अभियानमा केन्द्र मोशन पिक्चर्सको सहयोग

हिमालीसंचार संवाददाता
३०५ पटक

धरान – धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राई निर्वाचित भएपछि धरानमा स्वच्छ खानेपानी र सफा धरान अभियानलाई तिव्रता दिइरहेको समयमा केन्द्र मोशन पिक्चर्सले नगर प्रमुखको अभियानका लागि सहयोग गरेका छन् । 

पछिल्लो समय धरानको विकासका लागि सामाजिक अभियन्ता, समाजसेवी लगायद व्यवसायीहरुले नगर प्रमुखको अभियानमा सबै क्षेत्रबाट विभिन्न सहयोग प्राप्त भइरहेको बताउदै नगर प्रमुख राईले सम्पूर्ण सहयोगी महानुभावहरुलाई धन्याबाद सहित यो अभियानमा जोडिन अपील गरेका छन् । 

धरान उपमहानगरपालिका धरानका जनतालाई स्वच्छ खानेपानी सुविधा प्रदान गर्न, धरान उपमहानगरपालिका धरानको स्वच्छ वातावरण, सुन्दर र नमूना शहरको रुपमा रुपान्तरण गर्ने नगर प्रमुखको योजना रहेको छ। नगर प्रमुखको यहि अभियान सफल पार्न नेपालका चर्चित म्युजिक कम्पनी केन्द्र मोशन पिक्चर्सले सहयोग गरेका हुन् । 

धरानको खानेपानी व्यवस्थापन बोर्डमा आयोजित एक कार्यक्रमबीच केन्द्र मोशन पिक्चर्सका सिइओ अर्विन पोमो, कार्यक्रम संयोजक, गीतकार मीना सिंगक, मिस्टर धरान दिनेश सिंगक लगायतको उपस्थितिमा केन्द्र मोशन पिक्चर्सका संचालक व्यवसायी केन्द्र लिम्बुले २ लाख ८५ हजार बराबरको १ सय मिटर पाइप लाइन र १५ वटा डस्टविन नगर प्रमुख राईलाई हस्तान्तरण गरिएको छ। तस्वीर: विश्व लिम्बू

 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...