News Portal

रामेछापको लुभुघाटमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो ८ जनाको सनाखत

हिमालीसंचार संवाददाता
६६८ पटक

पुष्कर खड्का – रामेछापको सुनापाती गाउँपालिका लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । सुनापति गाउँपालिका बेथानबाट काठमाडौ जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुबाहक बस अाज बिहान लुभुघाटमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको र उपचारका लागि लैजाँदै गर्दा बाटैमा २ जना र १ जनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनु भयो।

उहाँले दिएको जानकारी अनुसार अस्पतालमा मृत्यु भएका ३ जना र घटनास्थलमै मृत्यु भएका १ जनाको सनाखत हुन सकेको छैन । मृत्यु भएकामध्ये ८ जनाको सनाखत भएको छ।दुर्घटनामा परी सुनापाती गाउँपालिका-५ की ६० वर्षीया तमरिता तामाङ, सोही ठाउँकी २२ वर्षकी विपना तामाङ, ३६ वर्षकी सञ्जु आलेमगर र ६० वर्षका खड्ग विक सुनापाती-४ की ६० वर्षकी सन्दीपा तामाङ, काभ्रे मण्डनदेउपुर-९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर, रोशी गाउँपालिका-४ का वर्ष नखुलेका कमल तामाङ र सुदीप गजमेरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा २६ भन्दा बढी घाइते भएका छन्। थप विवरण अाउन बाकी रहेको छ।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...