News Portal

रामेछापको लुभुघाटमा यात्रुबाहक बस दुर्घटना ९ जनाकाे मृत्यु २६ जना घाइते

हिमालीसंचार संवाददाता
६३१ पटक

पुष्कर खड्का – रामेछापको सुनापति गाउँपालिका बेथानबाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस लुभुघाटमा दुर्घटना भएको छ।बा ३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस मंगलबार बिहान खाँडादेवी गाउँपालिका -१ लुभुघाटमा दुर्घटना हुँदा ९ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनु भयो।

उहाँको जानकारी अनुसार दुर्घटनामा परी चार जना महिला र पाँच जना पुरुषको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ। दुर्घटनमा परी गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको र २३ जनालाई धुलिखेल अस्पताल काभ्रे पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...