News Portal

नेकपा एमालेसँग चुनावी तालमेल गर्न प्रचण्डलाई माओवादी नेताहरुको सुझाव

हिमालीसंचार संवाददाता
३२२ पटक

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेताहरुले आगामी संघ र प्रदेशसभाको निर्वाचनमा एमालेसँग तालमेल गर्नुपर्ने सुझाव दिएका छन्। काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेसँग वामपन्थी गठबन्धनका लागि छलफल र बहस चलाउन सुझाव दिएका हुन्।

‘एमालेसँग पानी बाराबार गर्नु जरुरी छैन। अगामी दिनमा पनि छलफल र बहस गरेर जानुपर्छ,’ बैठकमा नेताहरुले उठाएको कुराबारे जानकारी दिँदै केन्द्रीय सदस्य रामकुमार शर्माले भने, ‘वामपन्थी एकता र गठबन्धन हुँदा पब्लिकलाई मतदान गर्न जुन सजिलो हुन्छ  त्यो कांग्रेससँग गर्दा हुँदैन।’

स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादीसँग विश्वास घात गरेको नेताहरुको भनाइ छ। ‘स्थानीय तहको निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवारलाई इमान्दारितापूर्वक मत हाले। तर, उसले हामीलाई कतिपय ठाउँमा मत नहालेको अवस्था देखियो।,’ नेता शर्माले भने, ‘हामी जित्ने ठाउँमा कांग्रेसले अर्को उम्मेदवार उठायो।’

आगामी निर्वाचनमा स्पष्ट भएरमात्रै गठबन्ध बनाएर चुनावमा जानुपर्ने नेताहरु जोड दिएका छन्। ‘अगामी चुनावमा फेरि पनि गठबन्धनमा जाने हो भने कांग्रेसलाई ५० प्रतिशत सिट दिनुपर्छ। बाँकी ५० प्रतिशत सिट गठबन्धन दलका अन्य पार्टीहरुलाई दिनुपर्छ,’ नेता शर्माले भने, ‘यो भयो भने माओवादी गठबन्धनमा गयो भने ठीकै हुन्छ। योभन्दा तल माथि भयो भने गठबन्धनबाट आगामी संघीय र प्रादेशिक चुनाव जानु ठीक छैन भन्ने जोडदार आवाज उठेको छ। यो भयो भने माओवादी पार्टी निर्णयक प्रकारले अगाडि आउँछ।’ 

कांग्रेसमा मात्रै भर नपरेर उता एमालेसँग पनि पार्टी बहस र छलफल चलाउनुपर्ने बताउँदै  उनले थपे, ‘एमालेसँग पार्टी एकताको कुरा तत्काल नभए पनि गठबन्ध गरेर चुनावमा जाँदा जातै जाने कुरा होइन्।’

त्यस्तै बैठकमा नागरिकता विधेयक तुरुन्त पास गर्नुपर्ने आवाज उठेको छ। माओवादी सरकारमा हुँदाहुँदै नागरिकता विधेयक किन पास नभएको भन्दै सहभागी नेताहरुले नेतृत्वसँग प्रश्न गरेका छन्। ‘माओवादी पनि सरकारमा छ, जसपा पनि सँगै छ। कांग्रेसले कहीँ न कहीँ गठबन्धनलाई सत्ता चढ्ने भर्‍याङ त बनाएन भन्ने शंका गरिएको छ,’ नेता शर्माले भने।

मधेसमा माओवादी किन कमजोर भयो?

त्यस्तै नेता गोपाल ठाकुरले जन्मका आधारमा नगरिकता पाएका नागरिकका सन्तानहरु अनागरिक भएर बाँच्न दुःखद भएको बताए। उनले त्यस्ता मानिसहरुको समस्या समाधान गर्नुपर्ने जोड गरे। 

‘माओवादीले मधेसको एजेण्डालाई शान्ति प्रक्रियापछि उठाउन छोडेको छ। मधेसमा मधेसी मोर्चा खोइ? मधेसमा साँस्कृतिक रुपान्तरणको मुद्दा उठाएको खोइ? कता हरायो?,’ नेतृत्वसँग उनले प्रश्न गरे।

त्यस्तै रहबर अन्सारी माओवादी पार्टी मधेसमा झन् झन् कमजोर हुँदै गएको बताए। उनले आफ्नै कारणले मधेसमा माओवादी कमजोर हुँदै गएको स्पष्ट पारे। ‘आगामी निर्वाचनमा माओवादीले आन्तरिक रणनीति बनाएर चुनाव लड्नुपर्छ। आफ्नै कारणले मधेसमा मओवादी कमजोर भएको ग्राउन्ड रियालिटी हो। नेताहरुले यो कुरा बुझ्न सकेका छैनन्। उनीहरु दलालबाट परिचालित छन्, यो जनताको बुझाइ पनि हो।,’ उनले भने।

त्यस्तै नेता अनिल शर्माले पार्टीको रिक्त पदहरु तुरुन्त पूरा गर्नुपर्ने माग गरे।  ‘पार्टीको तल्लो कमिटीहरु निर्वाचित भएर नै आइरहेको छ। अब त केन्द्रीय कमिटीले पनि पूर्णता पायो,’ उनले भने, ‘सहमति र निर्वाचन कुन उपयुक्त हुन्छ त्यही पक्रियाबाट पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोलाई पूर्णाता दिनुपर्छ।’

महाधिवेशन सकेको सात महिना वितिसक्दासमेत पार्टी अध्यक्ष प्रचण्डले आम निर्वाचनको मुखमा चुनावी प्रक्रियाबाट पार्टीको  रिक्त पदहरु पूरा गर्न चाहेका छैनन्। त्यस्तै अर्का एक नेताले द्वन्द पीडितलाई मासिक भत्ता नदिएको भन्दै शीर्ष नेतृत्व तथा अर्थमन्त्री जनार्दन शर्माप्रति आक्रोश पोखे। उनले भत्ता दिने वाचा गरे पनि नदिएको गुनासो गरे।

सहभागी नेताहरुले उत्पादन र रोजगारीलाई समाजवादको आधार बनाउनुपर्ने भए पनि नेताहरुले त्यो कुरा बिर्सिँदै गएको बताए। ‘कामचाहिँ क्रान्तिकारी गरौँ भन्ने तर, चुप भएर बस्ने। शीर्ष नेतुत्व यतिबेला घेराबन्दीमा परेको महसुस हुन्छ। किनकि शान्ति पक्रियाको कामसमेत पूरा हुन सकेको छैन,’ एक नेताले भने।

त्यस्तै छलफलमा १९५० को असमान सन्धिको मुद्दा पार्टीले उठाउनुपर्ने, पार्टीभित्र शुद्धीकरणको अभियान चलाउनुपर्ने, शिक्षा र स्वास्थ क्षेत्रमा ठूलो अभियान चलाउनुपर्ने र समाजवाद उन्मुख आर्थिक नीति र कार्यक्रमसहित चुनावमा जानुपर्ने अधिकांश नेताहरुले बताएका थिए। अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...