News Portal

हामी नेपालको टोलीले स्वास्थ्यमन्त्री खापुङसंग भेटघाट,घोपाको बेथिति र सुधारका लागि सहयोग गर्न आग्रह

हिमालीसंचार संवाददाता
२७७ पटक

धरान – सुनसरी जिल्लाको धरान उपमहानगरपालिका धरान स्थित हामी नेपालको नेतृत्वमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान डेन्टल भवन गेट अगाडी दैनिक शान्तिपूर्ण धर्ना दिइरहेका हामी नेपालले स्वास्थ्यमन्त्री भवानी खापुङसंग भेटघाट गरी धरान घोपा क्याम्पको बेथितिको जानकारी गराएका छन्।

आइतबार स्वास्थ्यमन्त्री भवानी खापुङसंग भेटघाट गरी घोपा क्याम्पको बेथिति र अत्यावश्यक स्वास्थ्य सामाग्री उपकरण लगायदका सामाग्री अभाव रहेकाले पुर्वाञ्चलका विशेष गरी धरानका जनताले झेल्नु परेको कष्टको विषयमा स्वास्थ्यमन्त्री खापुङलाई जानकारी गराएका छन् ।

स्वास्थ्यमन्त्री खापुङले घोपा क्याम्पका अत्यवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न सहयोग र समर्थन गर्ने बचन दिएका छन् । हामी नेपालका अभियान्ताले धरानको घोपा क्याम्पमा शान्तिपूर्ण आन्दोलनका उपलब्धि र सुधार भएका योजनाबारे लिखित रुपमा स्वास्थ्यमन्त्री खापुङलाई प्रतिबेदन समेत बुझाएका छन्।

स्वास्थ्यमन्त्री खापुङले उक्त विषय स्वास्थ्यसंग सम्बन्धित महत्वपूर्ण विषय भएकाले मन्त्रालय, प्रधानमन्त्री र सदनसम्म अस्पताल सुधारका लागि पहल गर्ने प्रतिबद्धता सहित बचनबद्धता दिएको हामी नेपालले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...