News Portal

धरानका नगर प्रमुख राईले पकुवा खोलामा नेताहरुलाई श्रमदान गर्न निम्तो दिए

हिमालीसंचार संवाददाता
१२३२६ पटक

धरान – धरानका नगर प्रमुख हर्क राज राई (साम्पाङ) ले धरान स्थित पकुवा खोलामा श्रमदान गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई धरान स्थित पकुवा खोलामा श्रमदान गर्न निम्तो दिएका छन्।

नगर प्रमुख राईले सामाजिक संजाल फेसबुक मार्फत नेताहरुलाई निम्तो दिएका हुन्। उनी लेख्छन्; “पकुवा खोलामा श्रमदान गर्न यो देशका ठुलठुला नेताहरु पनी आउनु पर्छ! ताकी बुझून हामी बिकासका लागि कति ब्यग्र छौ भन्ने! प्रचण्ड, ओलि, लिङ्देन र देउवालाई मेरो निम्तो!”

नगर प्रमुख राईको नेतृत्वमा धराने जनताले श्रमदान गरिरहेको धरानस्थित पकुवा खोलामा नेपालका सिर्ष नेताहरुलाई श्रमदान गर्न सामाजिक संजाल फेसबुक पेज मार्फत धरानको पकुवा खोलामा खानेपानीको लागि श्रमदान गर्न आउन निम्तो दिएका हुन्। पछिल्लो समय धरानका प्रमुख समस्य रहेको खानेपानीको आपुर्तिका लागि पानीको श्रोत पहिचान गरिरहेका नगर प्रमुख राईले उक्त भनाई सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । 

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...