News Portal

६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल भित्रिए

हिमालीसंचार संवाददाता
२८३ पटक

काठमाडौं। सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो।

सन् २०१९ मा ६१ हजार ३५१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। योसँगै अङ्ग्रेजी वर्षको ६ महिना अवधिमा कूल दुई लाख ३७ हजार ८१३ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

बोर्डका अनुसार मे महिनामा ५३ हजार ६०८ पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०२२ को जनवरीमा १७ हजार, फेब्रुअरि २० हजार, मार्चमा ४२ हजार, अप्रिलमा ५८ हजार पर्यटकले नेपालमा भ्रमण गरेका थिए।

यो सङ्ख्या नेपाल भ्रमणका लागि हवाई मार्ग हुँदै नेपाल भित्रिएको पर्यटन भएको जनाएको छ। सन् २०२२ देखि नेपालमा पर्यटक आगमनमा सुधार हुर्दै आएको देखिन्छ। कोभिड–१९ पछि नेपालमा पर्यटन आगमनदरमा क्रमिक सुधार आएको देखिन्छ।

जुनमा भारतबाट २३ हजार २४८, अमेरिकाबाट आठ हजार ३५१, बङ्गलादेशबाट दुई हजार ५९, बेलायतबाट, दुई हजार, अष्ट्रेलियाबाट एक हजार ४०० जनाले नेपाल भ्रमण गरेका छन्।

जुनमा सार्कबाट २६ हजार, आसियानबाट, दुई हजार ३००, युरोपबाट चार हजार ७००, अमेरिकन रिजनबाट आठ हजार ९०० पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...