News Portal

निर्यातमा आधा हिस्सा ओगट्ने वस्तुकै निकासी ह्वात्तै घट्यो

हिमालीसंचार संवाददाता
२३६ पटक

काठमाडौं – चालू आर्थिक वर्षमा नेपालको निकासी व्यापारमा झन्डै आधा हिस्सा रहेको वनस्पति घ्यू र तेलको निकासी अत्यधिक घटेको छ। आर्थिक वर्षको १० महिनासम्म उत्साहजनक निकासी रहेको भटमासको तेल, पाम आयल र सनफ्लावर आयलको निकासी ११ औँ महिना जेठमा भने न्यून मात्र रहेको तथ्याङ्क छ। भारतले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपश्चात् भारत निकासी हुने वनस्पति घ्यू तथा तेलको निर्यात घटेको हो।

नेपालको कुल निकासीमा भटमासको तेलको हिस्सा २५.०६ प्रतिशत छ भने पाम आयलको २०.४१ प्रतिशत तथा सनफ्लावर आयलको २.४ प्रतिशत रहेको छ। यी तीन वस्तुको मात्र निकासीमा हिस्सा करिब ४८ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ । 

भारत सरकारको परिवर्तित भन्सार दरको मारमा यी उद्योग परेका हुन्। भन्सार विभागका अनुसार वैशाखसम्म ४५ अर्ब ३५ करोड २१ लाख रुपैयाँको निकासी भएको भटमासको तेल (सोयाबिन आयल) जेठमा भने १ अर्ब २३ करोड ४३ लाख रुपैयाँमात्रैको निकासी भएको छ। जेठसम्म नेपालबाट भारततर्फ ४६ अर्ब ५८ करोड ७० लाख रुपैयाँ बराबरको सोयाबिन आयल निकासी भएको छ। आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...