News Portal

जापानमा प्राकृतिक विपत्तिको घोषणा

एक हप्तामा ६५ जनाको मृत्यु

संचारकेन्द्र संवाददाता
५२३ पटक

-अत्याधिक गर्मीको कारण एक साताको बीचमा कम्तीमा ६५ जनाको मृत्यु भएपछि जापानको मौसम एजेन्सीले देशभरी चलेको तातो हावाको आँधीलाई प्राकृतिक विपत्ति घोषणा गरेको छ ।

एजेन्सीका प्रवक्ताले कुनै भूभागमा गर्मीको स्तर धेरै देखिएकाले सर्वसाधारणलाई सजग सचेतसमेत गराएका छन् ।

हिट स्ट्रोकको कारण कारण २२ हजार भन्दा धेरै अस्पताल भर्ना भएको र तीमध्ये आधा भन्दा धेरै वृद्धवृद्धा रहेको सरकारको आकस्मिक सहायता अधिकारीहरुले बताएका छन् ।

जापानको मौसम पूर्वानुमानकर्ताहरुका अनुसार तातो हावाको आँधी कम हुने संकेत देखिएको छैन ।

सोमबार कुमागया शहरको तापक्रम ४१.१ डिग्री सेल्सियस मापन गरिएको थियो जुन जापानमा अहिलेसम्मकै उच्च तापक्रम हो् ।

टोकियो शहरमा पहिलोपटक पनि ४० डिग्री भन्दा धेरै मापन गरिएको छ । जापानको मौसम पुर्वानुमान एजेन्सीले अगस्टको पहिलो सातासम्म गर्मी कम नहुने र तापक्रम ३५ डिग्री भन्दा धेरै हुने भएकाले सर्वसाधारणलाई सजग रहन आग्रह गरिएको छ ।

‘हामीले केही भूभागमा अत्याधिक स्तरको गर्मी भएको पाएका छौं’ एजेन्सीका प्रवक्ता मातोआकी ताकेकावाले भने, ‘तातोहावाको आँधी मानव जीवनको लागि चुनौती भएकाले त्यसलाई हामीले प्राकृतिक विपत्ति मानेका छौं
जापानको आधाभन्दा कम विद्यालय मात्रै वातानुकुलित सुविधायुक्त भएकाले अत्याधिक गर्मीबाट बच्चाहरुलाई बचाउन गर्मी बिदा लम्ब्याइने सरकारी प्रवक्ता योसिहिदे सुगाले बताए ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...