News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपाल अधिराज्यभरका सबै जिल्लाबाट अब १५ दिनभित्र राहदानी पाइन्छ : विभाग

    “साधारण राहदानी लिन जिल्लाबाट ५ हजार, काठमाडौंबाट १२ दस्तुर शुल्क लाग्छ”

    हिमालीसंचार संवाददाता
    ३७८ पटक

    काठमाडौं – नेपाल सरकार राहदानी विभागले काठमाडौं उपत्यकाका जिल्लाहरू सहित काभ्रेमा एक साता तथा अधिराज्यभरका सबै जिल्लाहरूबाट १५ दिनभित्र सेवाग्राहीले राहदानी उपलब्ध गर्न सक्ने राहदानी विभागले जनाएको छ।

    विभागले आइतबार सूचना जारी गर्दै सेवाग्राहीहरूलाई आफ्नो जिल्लाबाट सहज रुपमा राहदानी लिनको लागि प्रोत्साहन अनुरुप सेवा प्रवाह गरेको हो। कुनै पनी नेपाली नागरिकले आफ्नो जिल्लाबाट साधारण राहदानी लिँदा ५ हजार रुपैयाँ लाग्छ भने काठमाडौं आएर राहदानी विभागबाट सोही साधारण राहदानी लिनको लागि १२ हजार तिर्नुपर्ने हुन्छ।

    आफ्नो ‘जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरु विभागले प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेकोले काठमाडौं उपत्यका भित्रका जिल्ला र काभ्रेमा आवेदन गर्ने सेवाग्राहीले एक साताभित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिनभित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘यसर्थ, अत्यन्त जरुरी परेका सेवाग्राहीहरूको राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनुहुन सेवाग्राहीमा अनुरोध छ।’

    राहदानी सेवालाई छिटो, छरितो र सरल तुल्याउन विभाग सधैँ क्रियाशील हुने पनि उक्त विज्ञप्तिमा बताइएको छ। ‘सुरुमा २–३ महिनासम्म लाग्ने सेवा प्रवाहको समय घटाएर हाल एक घन्टाभित्रै सेवा प्राप्त गर्न सक्ने प्रबन्ध मिलाइसकिएको छ,’ जारी सूचनामा भनिएको छ।

    विभागले सेवाग्राहीहरुको सहजताको लागि प्रत्येक दिन २४ सय जनाले अनलाइन फाराम भर्नसक्ने र फाराम भरिसकेपछि तुरुन्त १ देखि ४ दिनभित्र विभागमा राहदानी फाराम बुझाउन सक्ने र आदेवन गरेपछि दुई कार्यदिनमा राहदानी प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

    विभागले आफ्नो क्षमता अभिवृद्धि गर्ने, सबै जिल्ला प्रशासन कार्यालयहरू र १७ वटा इलाका प्रशासन कार्यालयहरूबाट समेत नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाएको समेत उल्लेख गरेको छ। 

    विभागले विद्युतीय राहदानी प्रणालीमा समय सापेक्ष अद्यावधिक गर्नुका साथै अनलाइन प्रणालीको निरन्तर सुधार गरेको जनाएको छ। विभागले अब अनलाइन फारम भर्दा ‘डमी आवेदन’ मा अर्थात् मिति लिएर नक्कली नाम हालेर फारम रोकेर राख्ने बाटोको अन्त्य गरेको छ।

    विभाग उच्चस्रोतका अनुसार विभागको कार्यालय रहेको स्थान त्रिपुरेश्वर वरपरका साइबरहरुले डमी डेटा प्रयोग गरी ६५ सय फारम रोकेर राखेका थिए। सुधार गरिएको प्रणालीमा भने डमी आवेदन राख्न पाइँदैन। आवेदनको लागि फारम भरेपछि अहिले नै टुंग्याउनु पर्ने हुन्छ, त्यसलाई पछि गएर पुन: सम्पादन गरेर अर्कै व्यक्तिको नाम राखेर भर्न मिल्दैन।

    विभागले हाल दैनिक रुपमा २४ सयले आवेदन दिने संख्या रहेको, राहदानी तयार भएपछि लिन आउनेको संख्या र अन्य अत्यवश्यक जरुपी कार्यको लागि गरी दैनिक ५ हजार भन्दा बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ। विभागले दैनिक रुपमा ६५ सय राहदानी उत्पादन गरी वितरण गरिरहेको पनि जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    विद्यालयमा शिक्षकद्वारा छात्रामाथि यौन दुर्व्यवहार पीडितलाई मिलापत्रको दबाब

    काठमाडौं, वैशाख २३ – काठमाडौंको शान्तिनगरस्थित बेबीलोन बोर्डिङ स्कुलमा कार्यरत एक शिक्षकमाथि छात्रामाथि अनुचित व्यवहार...

    सिङ्गापुरमा गेट्स–चौधरी वार्ता: नेपाली जनस्वास्थ्य र रोजगारीबारे गम्भीर छलफल

    काठमाडौं, वैशाख २३ – नेपालका उद्यमी तथा सांसद बिनोद चौधरी र विश्वप्रसिद्ध परोपकारी व्यक्तित्व बिल...

    रंगेलीको २ र ९ नम्बर वडामा खानेपानी आयोजना निर्माण हुने

    मोरङ, वैशाख २३ – रंगेली नगरपालिका वडा नम्बर २ र ९ मा खानेपानी आयोजनाको काम...

    तीन वर्षपछि खुलेको हत्या रहस्य : सिकेन्द्र चौहान पक्राउ

    पर्सा, वैशाख २३ — तीन वर्षअगाडि भएको एक हत्या घटनामा संलग्न रहँदै फरार रहेका अभियुक्तलाई...

    दुई श्रीमतीबीचको विवाद, अन्त्यमा श्रीमतीको हत्या गरी आफैंले गरे आत्महत्या

    पोखरा महानगरपालिका–१७ मा एक दर्दनाक घटना घटेको छ, जहाँ एक व्यक्तिले श्रीमतीको हत्या गरेपछि आफ्नै...