News Portal

घोपा बचाउ अभियानमा नैतिक समर्थन नरहने नगर प्रमुख राईको उद्धधोष, धराने जनताको व्यापक विरोध

हिमालीसंचार संवाददाता
३४५८ पटक

सन्जिब कोयी/धरान – धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राईले घोपा क्याम्प बचाउ अभियानमा आफ्नो सहयोग नरहने अभिव्यक्ति दिएसंगै धरानका सचेत जनताले नगर प्रमुख राईको अभिव्यक्तिमा आपत्ति जनाउदै विरोध गरिरहेका छन्।

नगर प्रमुख राईले सामाजिक संजाल फेसबुक मार्फत भनेका छ्न; “सेभ घोपा भन्ने आन्दोलन प्रति मेरो नैतिक समर्थन थियो! अब रहन्न! यो आन्दोलनले गर्दा अस्पताल सुधार होइन सर्ने खतरा देखिन्छ! सेफ ल्याण्डिङको लागि बार्ता गराए! इट इच अफ ट्रयाक!” उल्लेख गर्दै नगर प्रमुख राईले आफ्नो समर्थन नरहने अभिव्यक्ति दिएका हुन्।हिजो लागुऔषध विरुद्धको अभियानका लागि भानुचोक पुगेका नगर प्रमुख राईले धर्नामा बसेका मृतकका आफन्तले धर्ना स्थलमा पुगेर आफ्नो समस्या सुनिदिन आग्रह गर्दा नगर प्रमुख राईले आफू धर्ना स्थलमा जाँदा भिडभाड भएर सवारीसाधन आवतजावतमा समस्या हुने भन्दै धर्ना स्थल जान अस्वीकार गरेका थिए। उनले पीडितहरू आफू उभिएको ठाउँमा निवेदन र समस्या लिएर आउन उल्टै आग्रह गरेका राईले आज एकक्सी सामाजिक संजाल फेसबुक मार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

धरानमा खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि कोशीको पानी ल्याउने उद्धोष गरेका नगर प्रमुख राईले निर्वाचित भएको भोली पल्ट खानेपानीको अनुगमन गरेका राईले अन्य सम्भावित स्रोत खोज्न पछिल्लो समय पकुवा खोलामा श्रमदान गरी व्यापक श्रमदान प्राप्त गरेपछि अन्य खानेपानीको श्रोत पहिचान गर्न हौसिएका छन्।

धरानका नगर प्रमुख निर्वाचित भएपछि विजय जुलुससँगै घोपा क्याम्प डेन्टल अगाडि भइरहेको आन्दोलनमा सहभागी भएर आफ्नो नैतिक समर्थन हिजो, आज र भोली पनी रहने बचन दिएका नगर प्रमुख राईले अचानक अब आफ्नो समर्थन नरहने उद्घोष गरेसंगै धरानका जनता झस्केका छन् । 

नगर प्रमुख राई निर्वाचित भएपछि “हामी नेपाली” नामक समुहले काठमाण्डौबाट धरान आएर वीपीको वेथिति विरुद्ध ‘सेभ घोपा क्याम्प’ नामक शान्तिपूर्ण आन्दोलन गरिरहेका अभियन्ता र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीबीच वार्ता गराएका थिए । कार्यदल बनाएर सोही कार्यदलको प्रतिवेदनका आधारमा प्रतिष्ठानले सुधारको काम समेत भइरहेको छ। राईले आफ्नो दोस्रो एजेन्डा प्रतिष्ठानको वेथिति विरुद्ध रहेको बताएका नगर प्रमुख राईको सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक भएको अभिव्यक्तिले धरानमा चौतर्फी बहस चलिरहेको छ। 

नगर प्रमुख राईले आफ्नै रोहवरमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई १ घण्टा आन्दोलनकारीले उनकै गाडीमा नजरबन्दमा राखेपछि वार्ता गराएका नगर प्रमुख राईले आन्दोलनकारी ट्रयाक भन्दा बाहिर गएको बताएका छन् । नगर प्रमुख राईकै रोहवरमा वार्ता भएपछि अहिले प्रतिष्ठानले केही आइसियु वेड थप गर्ने घोषणा गरे। अस्पताल परिषरभित्रै औषधी पाइने व्यवस्था गरे। 

आन्दोलनरत “हामी नेपाली” समुहका अगुवा सुदन गुरुङले नगर प्रमुख राई विरुद्ध अभिव्यक्ति दिएपछि धोपा क्याम्प बचाउ अभियानमा नगर प्रमुख राईले उनीहरुलाई समर्थन नगर्ने बताएका हुन् । नगर प्रमुख राईकै पहलमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई “हामी नेपाली” समुहले नगर प्रमुख राईको नैतिकतामा टेकेर फ्लोर क्रस गर्न खोजेको नगर प्रमुख राई पक्षधरको भनाई छ । तर, नगर प्रमुख राईले भने सेभ घोपा क्याम्प आन्दोलनले प्रतिष्ठानको सुधार नभई अस्पताल सर्ने खतरा रहेको बताएका थिए। 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...