News Portal

हामी नेपालले अध्यक्ष माधव नेपालसंग भेट गरी धोपा बेथितिको जानकारी दिए

हिमालीसंचार संवाददाता
४७५ पटक

धरान – सुनसरी जिल्लाको धरान उपमहानगरपालिका धरान स्थित हामी नेपालको नेतृत्वमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान डेन्टल भवन गेट अगाडी दैनिक शान्तिपूर्ण धर्ना दिइरहेका हामी नेपालले पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधव नेपाललाई भेटेका छन् ।

हामी नेपालले शान्तिपूर्ण आन्दोलन प्रभावकारी बनाउन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बेथिति विरुद्ध धरानका जनता सहित आन्दोलित हामी नेपालका अभियन्ताहरुले आज विहान पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संगको भेटघाट गरेका हुन् । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बेथिति विरुद्ध पुर्वाञ्चलका जनताले पाएको दु:ख, कष्ट र आन्दोलनमा धराने जनताको सक्रियता बारे फोटोसहित अध्यक्ष नेपाललाई जानकारी गराइएका थिए।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बेथिति, विरुद्ध र अत्यवश्यक उपकरणहरु लगायतका अत्यावश्यक उपकरण खरिद लगायतमा पुर्ण सहयोग र समर्थन गर्ने अध्यक्ष नेपालले बचन सहित प्रतिबद्धता दिएको हामी नेपालले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...