आज : २०२६-०७-१५, बुधबार

दक्षिण कोरियामा १३ नेपाली पक्राउ, नेपाल फर्काउने तयारी

कोरिया। दक्षिण कोरियामा अवैध रूपमा काम गर्दै आएका १३ नेपाली पक्राउ परेका छन्। पक्राउ परेका नेपालीहरूको नाम ठेगाना भने खुलेको छैन।

ती सबै नेपालीहरूलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ।

कृषि तथा माछापालन मौसमी कामदारको रूपमा प्रवेश गरेका ४ जना ठेक्का अवधि नपुग्दै गैरकानुनी रूपमा अर्को ठाउँमा काम गरिरहेको अवस्थामा पक्राउ परेका छन्।

यस्तै बसाइ अवधि सकिएका अन्य ९ जना पक्राउ परेका छन्। दक्षिण कोरियाको अध्यागमन ऐन उल्लङ्घन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।