News Portal

मोरङको रंगेलीमा आगोलागी हुदा एक महिलाको मृत्यु, मृतकको श्रीमान प्रहरी अनुसन्धानमा

हिमालीसंचार संवाददाता
१११६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. १ स्थित  बिर्ता बजारमा रहेको तिल्का मल्लिकको घरमा आगलागी हुदा एक महिलाको मृत्यु भएको छ । अग्नी पिडीत तिल्का मल्लको ३० वर्षीया श्रीमति बबिता मण्डलको आगालागी हुदा मृत्यु भएको रंगेली प्रहरीले जनाएको छ ।

गएराती करिब १० बजे उक्त घरमा आगलागी भएको थियो । श्रीमतिलाई घरभित्र थुनेर आगो लगाएको आशंकामा प्रहरीले २३ वर्षीय तिल्का मल्लिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनकै श्रीमानले घरमा थुनेर आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ। 

प्रहरीले तिल्कालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु गरिरहेको इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक शैलेश न्यौपानेले हिामलीसंचारडटकमसंग बताए। गम्भीर घाइते भएकी मण्डलको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पताल विराटनगरमा शनिवार बिहान करिब ६:०० बजे मृत्यु प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार बबिताको शरीरका अधिकांश भाग आगोले जलेको थियो।श्रीमानश्रीमतीबीच आन्तरिक विवादका कारण घटना भएको हुनसक्ने देखिएको प्रहरीको आशंका रहेको थियो । दाजु जगदीश मल्लिकको मृत्यु भएपछि तिल्काले ५ वर्षअघि बबितालाई विवाह गरेका थिए। दाजु जगदीशको ७ वर्षअघि मृत्यु भएको थियो । विवाह भए पनि उनीहरू सन्तान बिहिन थिए।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...