News Portal

धरानका नगर प्रमुख हर्कराज राईले पिडीतको आग्रह अस्वीकार, उनीहरुको गुनासो सुनेन्

हिमालीसंचार संवाददाता
१४७२७ पटक

सन्जिब कोयी/धरान – सुनसरीको धरानमा हत्या भएकाहरूको हत्यारालाई कारबाहीको माग गर्दै भानुचोकमा जारी शान्तिपूर्ण धर्ना कार्यक्रममा धरानका नगर प्रमुख हर्कराज राईले समय नदिएकोमा पिडीतका आफन्तले गुनासो गरेका छन् ।

लागुऔषध विरुद्धको अभियानका लागि भानुचोक पुगेका नगर प्रमुख राईले धर्नामा बसेका मृतकका आफन्तले धर्ना स्थलमा पुगेर आफ्नो समस्या सुनिदिन आग्रह गर्दा नगर प्रमुख राईले आफू धर्ना स्थलमा जाँदा भिडभाड भएर सवारीसाधन आवतजावतमा समस्या हुने भन्दै धर्ना स्थल जान अस्वीकार गरेका थिए। नगर प्रमुख राईले पीडितहरू आफू उभिएको ठाउँमा निवेदन र समस्या लिएर आउन आग्रह गरे। 

धरानमा दबाब र राजनीतिक शक्तिका कारण हत्याराहरूले उन्मुक्ति पाएको भन्दै मृतकहरू प्रदीप ओख्राबो सुब्बा, विनोद इवाहाङ लिम्बु, झगेन्द्र बान्तवा राई र सन्दीप लम्जेलको हत्यामा संलग्न व्यक्तिहरुलाई प्रचलित कानून अनुरुप कारबाही गरिनु पर्ने माग गर्दै असार ११ गतेदेखि मृतकका परिवारहरूले निरन्तर भानुचोकमा प्रत्येक दिन ४ बजेदेखि ५ बजेसम्म दिनको १ घण्टा धर्ना दिदै आईरहेका छन् । 

धरानमा पछिल्लो समय हत्याका घटनाहरू बढिरहेको छ। तर, निरन्तर हत्याराले उन्मुक्ति पाइरहेको हुदा हत्याराहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गर्दै आफूहरू दैनिक धर्नामा बसेको विष्णु थाम्देन लिम्बुले संचारकर्मी समक्ष बताए । धरानको विकृति र विसङ्गतिको विरुद्ध र हत्या जस्ता जधन्य अपराध गरेका अपराधीहरुले राजनैतिक शक्तिको आडमा उन्मुक्ति पाइरहेका छन्। यस्ता व्यक्तिहरुलाई कानूनको दायरामा ल्याउने मुख्य उद्देश्य रहेको राजेश खिम्दुङले बताए ।

उनले नगर प्रमुख हर्कराज राई धर्ना स्थल नजिकै पुगेर पनि हाम्रो समस्या सुनाउन खोज्दा हाम्रो गुनोसो सहितको माग नसुनी हिँडेकोमा दु:ख लागेको बताए । नगर प्रमुख राईले हाम्रो समस्या सुनेनन्। धर्नामा बसेका खिम्दुङका अनुसार; नगर प्रमुखकै कार्यकक्षमा जाने बताए । नगर प्रमुख राई नगर उपप्रमुख बेघा सहित पिडीतहरुले धर्ना दिएको नजिकै रहेका थिए। पिडीतहरुको अनुरोध अस्वीकार गरी नगर प्रमुख राई बेघासंगै मोटरसाइकलमा गए। 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...