News Portal

  • धरानका नगर प्रमुख हर्कराज राईले पिडीतको आग्रह अस्वीकार, उनीहरुको गुनासो सुनेन्

    हिमालीसंचार संवाददाता
    १४६५८ पटक

    सन्जिब कोयी/धरान – सुनसरीको धरानमा हत्या भएकाहरूको हत्यारालाई कारबाहीको माग गर्दै भानुचोकमा जारी शान्तिपूर्ण धर्ना कार्यक्रममा धरानका नगर प्रमुख हर्कराज राईले समय नदिएकोमा पिडीतका आफन्तले गुनासो गरेका छन् ।

    लागुऔषध विरुद्धको अभियानका लागि भानुचोक पुगेका नगर प्रमुख राईले धर्नामा बसेका मृतकका आफन्तले धर्ना स्थलमा पुगेर आफ्नो समस्या सुनिदिन आग्रह गर्दा नगर प्रमुख राईले आफू धर्ना स्थलमा जाँदा भिडभाड भएर सवारीसाधन आवतजावतमा समस्या हुने भन्दै धर्ना स्थल जान अस्वीकार गरेका थिए। नगर प्रमुख राईले पीडितहरू आफू उभिएको ठाउँमा निवेदन र समस्या लिएर आउन आग्रह गरे। 

    धरानमा दबाब र राजनीतिक शक्तिका कारण हत्याराहरूले उन्मुक्ति पाएको भन्दै मृतकहरू प्रदीप ओख्राबो सुब्बा, विनोद इवाहाङ लिम्बु, झगेन्द्र बान्तवा राई र सन्दीप लम्जेलको हत्यामा संलग्न व्यक्तिहरुलाई प्रचलित कानून अनुरुप कारबाही गरिनु पर्ने माग गर्दै असार ११ गतेदेखि मृतकका परिवारहरूले निरन्तर भानुचोकमा प्रत्येक दिन ४ बजेदेखि ५ बजेसम्म दिनको १ घण्टा धर्ना दिदै आईरहेका छन् । 

    धरानमा पछिल्लो समय हत्याका घटनाहरू बढिरहेको छ। तर, निरन्तर हत्याराले उन्मुक्ति पाइरहेको हुदा हत्याराहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गर्दै आफूहरू दैनिक धर्नामा बसेको विष्णु थाम्देन लिम्बुले संचारकर्मी समक्ष बताए । धरानको विकृति र विसङ्गतिको विरुद्ध र हत्या जस्ता जधन्य अपराध गरेका अपराधीहरुले राजनैतिक शक्तिको आडमा उन्मुक्ति पाइरहेका छन्। यस्ता व्यक्तिहरुलाई कानूनको दायरामा ल्याउने मुख्य उद्देश्य रहेको राजेश खिम्दुङले बताए ।

    उनले नगर प्रमुख हर्कराज राई धर्ना स्थल नजिकै पुगेर पनि हाम्रो समस्या सुनाउन खोज्दा हाम्रो गुनोसो सहितको माग नसुनी हिँडेकोमा दु:ख लागेको बताए । नगर प्रमुख राईले हाम्रो समस्या सुनेनन्। धर्नामा बसेका खिम्दुङका अनुसार; नगर प्रमुखकै कार्यकक्षमा जाने बताए । नगर प्रमुख राई नगर उपप्रमुख बेघा सहित पिडीतहरुले धर्ना दिएको नजिकै रहेका थिए। पिडीतहरुको अनुरोध अस्वीकार गरी नगर प्रमुख राई बेघासंगै मोटरसाइकलमा गए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २२ गतेको राशिफल

    आज असार २२, २०८२ (जुलाई ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...