News Portal

  • काठमाडौं स्थित बालुवाटारमा बेच्न राखिएको मकै र गाडा नगर प्रहरीले उठाएपछि सामाजिक संजालमा व्यापक विरोध

    पिडित भन्छन्; “नगरप्रहरीलाई पैसा नदिदा दु:ख दियो”

    हिमालीसंचार संवाददाता
    २७३ पटक

    काठमाडौं – सिन्धुपाल्चोक मेलम्ची वडा नं. १० का चेतेन्द्र आचार्य र उनकी पत्नी सीता आचार्यले काठमाडौं प्रधानमन्त्री निवास बालुवाटारदेखि करिब दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्दै अन्य मौसम अनुसारको फलफूल बेच्न थालेको १४ वर्ष भइसक्यो ।

    काठमाडौ नगरप्रहरीले पैसा नदिएपछि सधै दु:ख दिने गर्दछ। नगरप्रहरीले मकै सहितको गाडा लगेपछि धेरै पटक सडकमा रोएको बृतान्त सुनाउदै मकै, मौसम अनुसारको फलफुल बेच्न नदिएपछि चोर्नु? नगरप्रहरी विरुद्ध आक्रोस पोख्छन्। उनीहरुले नगर प्रहरीलाई आफ्नो शत्रु ठान्छन् किनभने आफूले खाइनखाई जोडेका पाँचवटा गाडा पैस नदिएपछि उठाइसके । नगर प्रहरीले शुक्रबार उनको गाडा उठाएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । 

    काठमाडौं नगर प्रमुख बालेन्द्र शाहको चुनावी घोषणापत्रमा उपभोग अवधि वा समयअनुसार खुला ठाउँमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गरिने उल्लेख थियो । घोषणापत्र कार्यान्वयन गर्नुको सट्टा महानगरले सडक छेउमा मकै पोल्नेहरुलाई काम गरेर खान नदिएको भन्दै चर्को सामाजिक संजालमा नगरप्रमुख बालेन शाहको चर्को आलोचना भइरहेको छ । 

    यस विषयमा नगर प्रमुख शाहले बोल्न चाहेका छैनन्। नगर प्रहरी प्रमुख धनपति सापकोटाले आचार्य दम्पतीले सडक नै ढाक्ने गरी मकैको व्यापार गरेको र नराख्न आग्रह गर्दा अपशब्द बोल्ने र प्रहरीलाई अगुल्टोले समेत हान्ने गरेकाले मकै सहितको गाडा उठाएको बताए। तर, उनीहरुसंग नगरप्रहरीले पैसा मागेको अस्वीकार गरेका छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २२ गतेको राशिफल

    आज असार २२, २०८२ (जुलाई ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...