News Portal

हङकङ ‘एक देश, दुई प्रणाली’लाई निरन्तरता दिनुपर्छ : राष्ट्रपति सी

हिमालीसंचार संवाददाता
२६२ पटक

युवा राई/हङकङ –  चिनियाँ राष्ट्रपति सी जिनपिङले हङकङमा कायम ‘एक देश, दुई प्रणाली’लाई लामो समयसम्म निरन्तरता दिनुपर्ने बताएका छन् । यो मोडेलले शहरको रक्षामा सकारात्मक भूमिका खेलेको राष्ट्रपति सीले बताए ।hi

हङकङको २५ औं वर्षगाँठ समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘एक देश, दुई प्रणालीको पटक–पटक परीक्षण र प्रमाणित गरिएको छ । यो राम्रो प्रणालीलाई परिवर्तन गर्नुपर्ने कुनै कारण छैन । यसलाई लामो समयसम्म निरन्तरता गर्नुपर्छ ।’

सन् १९९७ जुलाई १ मा ब्रिटेनले हङकङ चीनलाई फर्काएको थियो । त्यतिबेला देश एउटै भए पनि दुई शासन प्रणाली रहने सहमति भएको थियो । हङकङमा अहिले पनि यही मोडेल कायम छ । यो सहमति अनुसार आगामी ५० वर्षसम्म हङकङलाई आफ्नो स्वतन्त्र विधायिका र न्यायपालिका चुन्ने अधिकार छ ।

राष्ट्रपति सी तीव्र गतिको रेल चढेर हङकङको २५ औं वर्षगाँठ कार्यक्रममा सहभागी हुन हङकङ आईपुगेका थिए । उनलाई हङकङ प्रमुख क्यारी लामले भव्य स्वागत गरेकी थिइन् ।

हङकङमा अरुसमय वर्षगाँठको बेला विरोध प्रदर्शन हुने गर्दथ्यो । तर सन् २०२० मा सुरक्षा कानुन लागु गरेयता विरोध प्रदर्शन रोकिएको छ । वर्षगाँठ मनाउन बेइजिङमा सार्वजनिक विदा दिने गरिन्छ । सन् २०२० मा कोरोना महामारी सुरु भएपछि राष्ट्रपति सी बेइजिङबाट बाहिर भ्रमणमा गएको यो पहिलो पटक हो । यसअघि उनी सन् २०१७ मा हङकङ आएका थिए । पाच बर्षपछि उनको भ्रमण द्रुत गतिको रेलमार्ग हुदै स्वदेश फर्केका छन्। 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...