News Portal

बेलायतले चिनलाई हङकङ फिर्ता गरेको २५ बर्ष पुरा, राष्ट्रपति सीद्वारा कार्यक्रम उद्धाटन

हिमालीसंचार संवाददाता
२९७ पटक

युवा राई/हङकङ  बेलायत सरकारले चिन सरकारलाई आफ्नो भूमि फिर्ता दिएको आज २५ बर्ष पुरा भएको छ। चीन सरकारले ‘एक देश, दुई व्यवस्था’को सिद्धान्तमा हङकङ सन् १९९७ जुलाई १ तारिखदेखि आफ्नो मुख्य भूमिमा पुनः गाभेको आज २५ बर्ष पुरा भएको हो। 

बेलायत सरकारले चीन सरकारलाई हङकङ फिर्ता गरेसंगै १५६ वर्षको बेलायती उपनिवेश हङकङबाट समाप्त भएको हो। सन् १९८४ मा चीन सरकार र बेलायत सरकारले संयुक्त रुपमा विशेष कार्यक्रमकाबीच बेजिङले हङकङको अत्यधिक स्वायत्ततालाई करिब ५० वर्षसम्म मान्ने प्रतिबद्धता गरेको थिए। 

चिनको विशेष प्रशासनिक क्षेत्र हङकङ चीनलाई फिर्ता गरेको एकरात अघि बेलायतका राजकुमार चार्ल्स, बेलायती प्रधानमन्त्री टोनी ब्लेयर र हङकङका २८ औँ र अन्तिम गभर्नर क्रिस प्याटेन बिदाइ कार्यक्रममा सरिक भएका थिए।

चिनियाँ राष्ट्रपति सी जिनपिङले आज बिहान १० बजे हङकङ मातृभूमि फिर्ता भएको २५ औं वार्षिकोत्सव चीनको विशेष प्रशासनिक क्षेत्रको छैटौँ कार्यकालको उद्घाटन गरे। 

राष्ट्रपति सीसमक्ष हङकङ विशेष प्रशासनिक क्षेत्रको छैटौं कार्यकालको प्रमुख कार्यकारीमा नवनिर्वाचित जोन ली र उनका टिमले सपथ लिए। हङकङका नवनिर्वाचित नयाँ टिमले सपथ लिएपछि पाँच वर्षे कार्यकालको औपचारिक शुभारम्भ गरे। 

उद्घाटन समारोहपछि राष्ट्रपति सीले हङकङमा रहेको पिपुल्स लिबरेसन आर्मी ग्यारिसनको मुख्यालयको भ्रमण गरी दिउँसो १ बजे हाईस्पीड ट्रेनमार्फत पुन: चीन प्रस्थान गरेका छन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...