News Portal

मौद्रिक नीतिअघि सेयर बजारमा देखियो चमक, सेयर बजारमा सकारात्मक प्रभाव

“सबै समूहका सूचकसँगै कारोबार रकम पनि बढ्यो”

हिमालीसंचार संवाददाता
३१२ पटक

काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न निकायसँग बसेर मौद्रिक नीतिबारे छलफल गरिरहँदा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ ।बिहीबार नेप्से परिसूचक ७४ दशमलव ९३ अंकले बढेर दुई हजार ३७ दशमलव ६४ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स १२ दशमलव ६३ अंकले बढेर तीन सय ९१ दशमलव ७८ बिन्दुमा पुगेको छ ।

पछिल्लो समय सेयर बजार बढेसँगै लगानीकर्ता उत्साहित बन्न पुगेका छन् । बुधबार मौद्रिक नीतिका विषयमा अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच लामो कुराकानी भएको थियो । लगानीकर्ताले उठाउँदै आएको माग सम्बोधन पनि अब आउने मौद्रिक नीतिसँग जोडिने अपेक्षामा यसपटकको मौद्रिक नीतिलाई सेयर लगानीकर्ताले चासोका साथ हेरिरहेका छन् । लगानीकर्ता आगामी मौद्रिक नीतिमार्फत आफ्नो मागलाई सम्बोधन गराउनका लागि विभिन्न राजनीतिक भेटघाट बढाउन थालेका छन् ।

बिहीबार बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा एक अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन सबै समूहका सूचक बढेका छन् । ट्रेडिङ समूहको सूचक सात दशमलव ३१ प्रतिशतले बढ्दा यी समूहका लगानीकर्ता यस दिन उल्लेख्य नाफामा देखिएका छन् ।

त्यसैगरी, विकास बैंक समूह र फाइनान्स समूहको सूचक ६ प्रतिशतभन्दा बढीले बढ्दा उत्पादनमूलक समूह र ‘अन्य’ समूहको सूचक ५ प्रतिशतभन्दा बढीले बढेको छ । अन्य सात समूहको सूचक ३ प्रतिशतदेखि ४ प्रतिशतभन्दा बढीले बढेको छ । यस दिन एक सय ९१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने पाँचवटा कम्पनीको सेयर मूल्य घटेको छ ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २७ कम्पनीको ७२ लाख ५४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एसियन लाइफ इन्स्योरेन्स, अरुण काबेली पावर, लाइफ इन्स्योरेन्स कर्पोरेसन, न्यादी गु्रप पावर, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी र अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर मूल्य पाँच करोड रुपैयाँदेखि नौ करोड ९५ लाख रुपौयाँसम्मको सेयर कारोबार भएको छ ।

यस दिन सातवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत् कम्पनी, न्यादी पावर, आँधी खोला लघुवित्त वित्तीय संस्था, सिवाइसी लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । बढेको बजारमा ग्लोबल आइएमई बैंकको ऋणपत्र, वरुण हाइड्रोपावर कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर २ प्रतिशतभन्दा बढीले घटेको छ ।

पुँजी बजार सुझाव समिति र लगानीकर्ता संगठनबीच छलफल: अर्थ मन्त्रालयले गठन गरेको पुँजी बजार सुझाव समितिले बिहीबार विभिन्न लगानीकर्ता संगठनका प्रतिनिधिसंग छलफल गरेको छ । अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा सुझाव समितिले बजारको विकासका लागि लगानीकर्ताबाट सुझाव संकलन गरेको हो । सुझाव समितिसँगको छलफलमा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल र नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल सहभागी थिए ।

छलफल कार्यक्रममा लगानीकर्ता संगठनहरूले सुझाव समितिलाई विभिन्न १८ बुँदे मागहरू पेस गरेका । लगानीकर्तासँगको छलफलमा सहभागी राधा पोख्रेलले सुझाव समितिले लगानीकर्ताका मागहरू अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको समेत बताइन् ।

लगानीकर्ताले बुझाएको १८ बुँदे मागमा विशेष गरी सेयर सीमा कर्जा ४–१२ करोडको नीतिलाई तत्काल खारेज गर्नुपर्ने, ब्रोकर कमिसन घटाउनुपर्ने, लगानीकर्ताको वर्गीकरण गरी दीर्घकालका लागि ३ प्रतिशत र अल्पकालका लागि ५ प्रतिशत लाभकर कायम गर्नुपर्ने, केवाइसीलाई डिजिटलाइज गर्नुपर्नेलगायत मुख्य माग राखेका छन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...