News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • धरानका नगर प्रमुख हर्कराज राई “साम्पाङ” लाई काम गर्न कति सहज ?

    “आज बेलुकी ५ बजे भानुचोकमा ‘लागुऔषध’ विरुद्ध कार्यक्रममा सहभागि बनौ” -नगर प्रमुख राई

    हिमालीसंचार संवाददाता
    २१५ पटक

    धरान – धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राई “साम्पाङ” पहिलो पटक कार्यपालिकाको बैठकमा वडाध्यक्षहरूको ‘तारो’ बने। नगर प्रमुख राईले धरानमा पहिलो पटक पत्रकारहरुलाई लाइभ स्ट्रिम गर्न दिए। वडाध्यक्षहरुले काम गर्न कति सहयोग गरिरहेका छन् की असहयोग भइरहेको छ? भन्ने विषय सर्वत्र चासो चिन्ताको विषय छ।

    धरानका नगर प्रमुख राईले अहिलेसम्म त्यस्तो असहज र अप्ठ्यारो केही पनि नभएको बताउदै आएका छन् । उनी भन्छन् ‘मलाई त्यस्तो कुनै असहजता छैन, सबैले सहयोग गरिरहनु भएको छ।, उनी थप्छन्  ‘जे जस्तो आइलाग्छ, त्यसलाई त्यस्तै तरिकाले मिलाउँदै जाने हो, म डराएको पनि छैन, मलाई अप्ठ्यारो लागेको पनि छैन ।’ धरानमा पुराना नीति, नियम, कानून र प्रक्रियाका बाबजुद आफूलाई त्यस्तो अड्चन महसुस नभएको उनको भनाइ छ ।

    उपप्रमुख आइन्द्र विक्रम बेघा पनि उपमहानगर प्रमुखसँग सहज ढंगले काम भइरहेको बताए । ‘काम गर्न एकदम सहयोग प्राप्त भएको छ। कतिपय नमिलेका विषयहरू मिलाउने गरी मैले पनि प्रमुखज्यूलाई सहयोग गरेको छु। ‘उहाँ आफै धेरै सक्रिय र बुझ्ने भएका कारण मलाई पनि सहज भएको छ। उहाँको एजेण्डा र मेरो एजेण्डा जनताकै समस्या भएकोले नगरको काम गर्न कुनै अप्ठ्यारो छैन ।’

    धरानमा पहिलो कार्यपालिकको बैठकमा विवाद उत्पन्न भएपछि दोस्रो बैठक बस्न नसक्दा बेघाले नै सहजीकरण गरेका थिए । नगर प्रमुख राईले प्राविधिक पक्षमा काम गरिरहँदा उपप्रमुख बेघाले राजनीतिक शक्ति सन्तुलनको भूमिका निर्वाह गरिरहेका छन् ।

    नगर प्रमुख राईले कहिले खोला खोल्सा चहार्दै छन् त कहिले खानेपानीको आयोजनाको चुहावट रोक्न तल्लीन देखिन्छन् । उनी धरानको प्रमुख समस्य रहेको खानेपानीको एजेण्डामा निरन्तर लागिरहेका छन् । ‘दिनभरि जिमभित्र फलाम उचालेर बोसो घटाउने युवाहरूलाई पकुवा खोलामा प्राकृतिक वातावरणमा शारीरिक श्रमदान गरेर धरानवासीलाई खानेपानी खुवाउन सहयोग गर्न आह्वान गरिरहेका छन्। नगर प्रमुख राईले गत शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए। उनले क्षण क्षणमा सामाजिक संजाल फेसबुक मार्फत उनको कार्ययोजना सार्वजनिक गर्दै आएका छन्। 

    नगर प्रमुख राईले आज असार १७ गते शुक्रबार बेलुकी ५ बजे भानु चोक धण्टाधर परिसरमा लागु औषध विरुद्ध उभिने कार्यक्रम रहेको जानकारी दिएका छन्। 

    नगर प्रमुख राई पछिल्लो समय धरानको पकुवा खोलामा गएर खानेपानीको समस्या समाधानका लागि खानेपानीको तत्कालीन विकल्पका रुपमा खानेपानीको श्रोत पहिचान गरिरहेका छन्। श्रमदानमा खटिएका एक युवाका अनुसार ‘यो काम टेण्डर लगाएर ठेक्कामा दिएको भए यति छोटो समयमा यती धेरै काम हुँदैन थियो । उपमहानगरपालिकाका धरानको कम्तिमा ५० लाख सकिने थियो। 

    धरान उपमहानगरपालिका धरानको नगर प्रमुख पदभार ग्ररण गरेपछि खानेपानीको समस्या समाधानका लागि अहोरात्र खट्न पुगेका नगर प्रमुख राई प्रत्येक दिन नागरिक सचेतनाका काममा जुटिरहेका छन् । उनी सरसफाइ, फोहोर व्यवस्थापन, खानेपानीको स्रोत व्यवस्थापन, ट्राफिक सचेतना लगायत लागू औषध प्रयोगकर्ता विरुद्धमा पनि सामाजिक सञ्जालमार्फत अभियान चलाइरहेका नगर प्रमुख राईले भूपु ब्रिटिस आर्मीहरुसंग सहकार्य गर्न इच्छा जाहेर गरिरहेका छन् । 

    धरानको बजेट: धरान उपमहानगरपालिका धरानले गत असार १० गते आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्यो । नगरले सार्वजनिक गरेको बजेट चालु आर्थिक वर्षको भन्दा ३५ करोड अनुमानित बजेट पेश भएपछि सर्वत्र चासो र समाचारको विषय समेत भए। 

    आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजारको अनुमानित बजेट पेस गरेको धरानले चालु आर्थिक वर्षका लागि २ अर्ब ३ करोड ६४ लाखको आयव्यय अनुमान गरेको थियो । आगामी आर्थिक वर्षका लागि बजेट कम आएपछि कतिपयले हर्कराज राई (साम्पाङ) आएपछि बजेट घट्यो भन्दै आलोचना पनि गरेका थिए । तर, उपप्रमुख बेघाले यसपटक यथार्थमा आधारित बजेट ल्याइएको बताए ।

    धरानका नगर उपप्रमुख बेघाका अनुसार; “यसअघिका बजेट त वास्तविक धरातलमै रहेन छ। हामीले यथार्थमा आधारित बजेट ल्याउने कोसिश गरेका हौं । ‘हामी आएपछि बजेट घटेको होइन, पहिलेका बजेटको यथार्थ आम्दानी पनि अहिलेकै बजेट जस्तै हो ।” यस अर्थमा धरानको अनुमानित बजेट बस्तु परक रहेको बुझिन्छ। 

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।...

    स्वर्णिमले रास्वपा कब्जा गर्न रवि लामिछानेलाई जेल कोच्ने आधार खडा गरे : मुकुल ढकाल

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले नै...

    सुन तोलामै १५ हजार सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

    काठमाडौं। सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ। भारतमा सुनको भन्सार महसुल थोरै...

    प्रहरी विधयेक आइतबार मन्त्रिपरिषद्‍मा पेस

    काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वनेको...

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...