News Portal

राष्ट्रपति सी चिन फिङ रेलमार्ग हुदै हङकङ आइपुगे, क्यारी लामद्वारा स्वागत

हिमालीसंचार संवाददाता
३७७ पटक

युवा राई/हङकङ – चीनका राष्ट्रपति सी चिन फिङ २५ औं वार्षिकोत्सव र छैटौं कार्यकाल हङकङ सरकारले आयोजना गरेको विशेष समारोहमा सहभागी हुन राष्ट्रपति सी रेल मार्ग हुदै हङकङ आइपुगेका छन्। चीनको विशेष प्रशासनिक क्षेत्र हङकङको भ्रमणमा रहेका राष्ट्रपति सी’लाई हङकङका कार्यकारी प्रमुख क्यारी लामले स्वागत गरेका थिए।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव, राज्य परिषद्का अध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ र उनकी पत्नी पेङ लियुआन रेलमार्ग हुदै पाच बर्षपछि हङकङ पुगेका हुन् । राष्ट्रपति सी चिन फिङले सम्बोधन गर्ने क्रममा हङकङ आउन पाउँदा आफू निकै खुसी भएको बताए। राष्ट्रपति सी’ले आफ्नो मातृभूमि फिर्ता भएको २५ औं वार्षिकोत्सवका अबसरमा सम्पूर्ण देशका जनता मिलेर खुशीको उत्सव मनाउने बताए।  हङकङमा रहनु हुने देशवासीहरूलाई म न्यानो बधाई र शुभकामना दिन चाहन्छु।  

राष्ट्रपति सी’को हङकङ पाँच वर्षपछिको औपचारिक भ्रमाण हो। आफ्नो ध्यान हङकङ र हङकङका देशबासीहरु रहेको उल्लेख गर्दै हङकङले बरम्बार चुनौति र जोखिमका सामना गरेको बताए। हङकङले विभिन्न समस्याहरुको सामना गर्दै अक्षुण राखेको तथ्यहरूले प्रमाणित गरेको छ कि “एक देश, दुई प्रणाली”मा बलियो जीवन शक्ति छ । यसले हङकङको दीर्घकालीन समृद्धि र स्थायित्व सुनिश्चित गर्न सक्छ। हङकङका देशवासीहरूको भलाइको रक्षा गर्न सक्छ।  उनले “एक देश, दुई प्रणाली एक राम्रो प्रणाली हो” वर्णन समेत गरेका थिए। 

त्यस्तै, “सुन्जी: आत्म-खेती” लाई उद्धृत गर्दै “हार नछोडिकन भविष्यको आशा गर्न सकिन्छ।” जबसम्म एक देश, दुई प्रणाली अडिग रूपमा पालना गरिन्छ, हङकङको भविष्य राम्रो हुनेछ। यसले चिनियाँ राष्ट्रको महान कायाकल्पको लागि निश्चित रूपमा नयाँ युग सिर्जना गर्नेछ, उनले भनेका थिए। 

राष्ट्रपति सी’को पछिल्लो भ्रमणका क्रममा हङकङकी कार्यकारी प्रमुख क्यारी सहित हङकङ विज्ञान तथा प्रविधि पार्क र हङकङका आविष्कार कम्पनीको भ्रमण समेत गरेका छन् । हङकङका वैज्ञानिक सो योङ विङले अनुसन्धान सुचना तथा प्रविधि विकासका बारेमा राष्टपतिलाई जानकारी दिएका थिए। 

कार्यकारी प्रमुख क्यारी लामले राष्ट्रपति सी’लाई “१४ औं पञ्च बर्षीय योजना” अन्तरगत माओका ग्रेटर बे एरियालाई अन्तराष्ट्रिय विज्ञान र प्रविधि आविष्कार केन्द्र वनाउन प्रस्ताव गरेका थिए। हङकङलाई अन्तर्राष्ट्रिय विज्ञान र प्रविधि आविष्कार केन्द्र निर्माण गर्न स्पष्ट रूपमा समर्थन गरेका थिए । 

राष्ट्रपति सी’ले हङकङका महत्वपूर्ण स्थान र खोज तथा अनुसन्धनहरुको भ्रमण पश्चात अनुसन्धानकर्ता, युवा उद्यमी र प्रतिनिधिहरूलाई सम्बोधन गर्दै हङकङको आविष्कार, उद्योग र विशेष गरी हङकङका युवाहरुलाई महत्वपुर्ण योगदान दिनका लागि आग्रह गरेका थिए। उनी हङकङको दुई दिने औपचारिक भ्रमण पश्चात स्वदेश फर्कन कार्यक्रम रहेको छ। 

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...