News Portal

प्रचण्ड गणतन्त्र र सङ्घीययता पिता हुन्, ओली जस्तो थुतुनो मात्रै चलाउने होइनन् – भीम उपाध्याय

हिमालीसंचार संवाददाता
३०७ पटक

काठमाडौं – नेपाली समाजमा भीम उपाध्याय निकै चर्चित नाम हो । उनी सामाजिक अभियन्ता भिम उपाध्याय सामाजिक कार्य संगै सामाजिक संजालमा पनि उत्तिकै सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् । सामाजिक संजाल फेसबुकमा उपाध्यायको लाखौ फ्यानहरु छन् । फेसबुक मार्फत उनीले बेलाबेला आफ्नो धारणा ब्यक्त गर्दै आइरहेका हुन्छन्।

सामाजिक अभियन्ता उपाध्यायले केही समय अगाडी केपी ओलीलाई कटाक्ष गर्दै एउटा स्टाटस फेसबुक मार्फत सार्वजनिक गरेका थिए । उनले लेख्छन् ; “पुष्पलाल नेपाली कम्युनिज्मका पिता हुन् ।मदन भण्डारी विश्वभरी सोत्तर हुँदै गएको कम्युनिज्मलाई नेपालमा भने पुन: स्थापिताकर्ता नेता हुन् । मनमोहन बुढाबुढी अपाङ्ग विधुवालाई जीविकोपार्जनका लागि राज्यबाटै भत्ता दिने जेष्ठ नागरिकहरुका निम्ति देउता हुन् ।

प्रचण्ड दलित, पिछाडिएको, सीमान्तीकृत जातजातिलाई सत्ताको सिंहासनमा पुर्याउने समावेशीकरण, समानुपातिक, गणतन्त्र र संघीयताका पीता हुन् । झलनाथ, सिपी, माद्जवाले अन्डरग्राउण्ड भएर कम्युनिज्मको नेतृत्व गरेका नेताहरु हुन् ।

मोहनबिक्रम पनि जीवनपर्यान्त सिन्द्वान्त नछाडी लागेका हुन् ।कम्युनिज्मको देश र जनतालाई फाइदा गर्यो त्यसमा खुबै बहस गर्न सकिन्छ।

तर, ओलीको चै के योगदान ? सिन्को भाँचेको छैनन् थुतुनो चलाएको जग हसाउने बाहेक ? विद्याको योगदान चै के हो ? मदनको पत्नी हुनु बाहेक ? जनताको ऋण खाएका छैनन्। यीनका घरघरिका गनगन सुन्न र कचकच भोग्न ।” उनले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...