News Portal

प्रचण्ड गणतन्त्र र सङ्घीययता पिता हुन्, ओली जस्तो थुतुनो मात्रै चलाउने होइनन् – भीम उपाध्याय

हिमालीसंचार संवाददाता
२९५ पटक

काठमाडौं – नेपाली समाजमा भीम उपाध्याय निकै चर्चित नाम हो । उनी सामाजिक अभियन्ता भिम उपाध्याय सामाजिक कार्य संगै सामाजिक संजालमा पनि उत्तिकै सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् । सामाजिक संजाल फेसबुकमा उपाध्यायको लाखौ फ्यानहरु छन् । फेसबुक मार्फत उनीले बेलाबेला आफ्नो धारणा ब्यक्त गर्दै आइरहेका हुन्छन्।

सामाजिक अभियन्ता उपाध्यायले केही समय अगाडी केपी ओलीलाई कटाक्ष गर्दै एउटा स्टाटस फेसबुक मार्फत सार्वजनिक गरेका थिए । उनले लेख्छन् ; “पुष्पलाल नेपाली कम्युनिज्मका पिता हुन् ।मदन भण्डारी विश्वभरी सोत्तर हुँदै गएको कम्युनिज्मलाई नेपालमा भने पुन: स्थापिताकर्ता नेता हुन् । मनमोहन बुढाबुढी अपाङ्ग विधुवालाई जीविकोपार्जनका लागि राज्यबाटै भत्ता दिने जेष्ठ नागरिकहरुका निम्ति देउता हुन् ।

प्रचण्ड दलित, पिछाडिएको, सीमान्तीकृत जातजातिलाई सत्ताको सिंहासनमा पुर्याउने समावेशीकरण, समानुपातिक, गणतन्त्र र संघीयताका पीता हुन् । झलनाथ, सिपी, माद्जवाले अन्डरग्राउण्ड भएर कम्युनिज्मको नेतृत्व गरेका नेताहरु हुन् ।

मोहनबिक्रम पनि जीवनपर्यान्त सिन्द्वान्त नछाडी लागेका हुन् ।कम्युनिज्मको देश र जनतालाई फाइदा गर्यो त्यसमा खुबै बहस गर्न सकिन्छ।

तर, ओलीको चै के योगदान ? सिन्को भाँचेको छैनन् थुतुनो चलाएको जग हसाउने बाहेक ? विद्याको योगदान चै के हो ? मदनको पत्नी हुनु बाहेक ? जनताको ऋण खाएका छैनन्। यीनका घरघरिका गनगन सुन्न र कचकच भोग्न ।” उनले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...