News Portal

एउटै नम्बर प्लेट भएका दुई मोटरसाइकल भाइरल, नियन्त्रणमा लिन प्रहरीको सर्कुलर

हिमालीसंचार संवाददाता
३६५ पटक

काठमाडौं – बुधबार बिहान गौशाला चोकमा एउटै नम्बर प्लेटका २ वटा मोटरसाइकल ट्राफिक जाम हुदा देखा परेका छन्। गौशाला चोकमा ट्राफिक संकेत (रातो बत्ती) बलेपछि जाम पर्दा सवारीसाधन रोकिएको समयमा एउटै नम्बर प्लेटका २ मोटरसाइकल सँगै देखिएका हुन्। 

सवारी जाम परेको समयमा एउटै नम्बर प्लेटका दुई मोटरसाइकल देखापरेपछि प्रदीपजंग क्षेत्रीले फोटो खिचेका थिए। क्षेत्रीले खिचेको तस्बिरमा बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बर प्लेटका दुई मोटरसाइकल सँगै देखिन्छ। जुन तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। एउटै नम्बर प्लेटका दुई मोटरसाइकलको जम्काभेट भएको तस्बिर भाइरल भएपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिन आफ्ना माताहातमा निर्देशन सर्कुलर जारी गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी सञ्जिव शर्मा दासले ट्राफिक युनिटहरुलाई मोटरसाइकल नियन्त्रणमा लिनका लागि निर्देशन दिइएको जानकारी गराए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...