News Portal

फोक्सिङटार पुल अन्तिम चरणमा, ९० प्रतिशत काम सम्पन्न भएको कम्पनीको दावी

हिमालीसंचार संवाददाता
४१७ पटक

खोटाङ – खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका वडा नं. ९ लिच्कीराम्चे र उदयपुर जिल्लाको रौतामाई गाउँपालिका वडा नं. ६ आपटारको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदिमा निर्माणाधिन पुलको काम करीव ९० प्रतिशत सम्पन्न भएको छ।

दिक्तेल-गाईघाट सडक खण्ड अन्तर्गत फोक्सिङटार सडक विभागको रु. १९ करोड ६० लाख ९ हजार ९४१ रुपैयाँ लगानीमा गौरी पार्वती–वाईपी जेभीले विस २०७३ चैत २२ गतेदेखि सुनकोशी नदिमा १ सय २० मिटर लामो आर्च ब्रिज डिजाईनको मोटरेबल पुल निर्माण गरिरहेको हो।

जेभीले विस २०६९ चैत २३ गते सम्झौता गरेर विस २०७३ चैत २२ गते पुल निर्माण गरिसक्नु पर्ने थियो। तर, पटक पटक म्याद गुजार्दै काम गरेको निर्माण कम्पनीले १० वर्षपछि मात्रै पुलको काम अन्तिम चरणमा पु¥र्याएको छ।

निर्माणाधिन पुलको आर्च र कोलमको काम सकिएको जेभीका ईन्जिनियर नरेश कुमार गुप्ताले दावी गरे। उक्त पुलको काम ९० प्रतिशत काम सकियो अब पुलको स्ल्याप ढलान मात्रै बाँकी छ। त्यो काम अब एक महिना दिनपछि गरिनेछ। स्काफ फोल्डिङ, फर्मा र डण्डी राख्ने कामलाई एक महिना दिन लाग्ने ईन्जिनिय गुप्ताले हिमालीसंचारडटकमसंग बताए। 

जेभीका सञ्चालक रामकुमार थापाले असारको १६ गते पुलको आर्च स्ल्याप ढलान गर्ने बताएका थिए। साइडको वस्तुस्थिति नबुझि बोल्ने गरेका थापाले साउन १५ गतेदेखि गाडी गुडाउने आश्वसन समेत दिएका थिए । पुलको कामका बारेमा बुझ्न फोन गर्दा थापा फोन उठाउँदैनन्।

निर्माण कम्पनीले पुल निर्माण नगर्दा वर्षेनी लाखौ खर्चेर निर्माणाधिन पुल नजिकै अस्थाई बेलिब्रिज मार्फत सवारी आवतजावत गरिदै आएको छ। सडक विभागको ७८ लाख बजेटमा गत पुस १ गते जडान गरिएको बेलिब्रिज गएको जेठ ८ गते खोलेको थियो। बेलिब्रिज निकालेसँगै दिक्तेलबाट उदयपुरको गाईघाट हुंदै तराईसम्मको सीधा यातायात बन्द हुन्छ। बेलिब्रिज निकालेपछि ५/६ महिना दिक्तेलबाट घुर्मी–कटारी–मिर्चैया हुंदै तराई जानुपर्ने बाध्यता छ।

नदीको अफ्ठ्यारो कामहरु सकेको अवस्था हेर्दा अब आउने हिउँदमा बेलिब्रिज राख्नु नपर्ने दिक्तेल गाईघाट सडक विभागका योजना प्रमुख गोपाल खकुरेलले बताए।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...