News Portal

नदी पारीको विधालय, दिनहुँ भेल तर्दा विधार्थीहरुलाई विधालय पुग्न समस्या

हिमालीसंचार संवाददाता
४३७ पटक

काठमाडौं – गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ धर्मोदय मावि कक्षा १२ मा पढ्ने अनुपमा कुमाल केहीदिन यता दिनहुँ उर्लिएको खोला मुस्किलले तर्दै विद्यालय जान्छिन्। बिहान पानी परेको दिन खोला बढेर जान सकिँदैन कि भन्ने चिन्ताले उनलाई पिरोल्छ। दिउँसो पानी पर्‍यो भने घर फर्कन सकिँदैन कि भन्ने पिर लागिरहन्छ। खारखोलामा रहेको पुल बाढीले बगाउँदा खोला उर्लिएर आएपछि विद्यार्थी, शिक्षक, अविभावक सबै चिन्तित् हुन्छन्।

वर्षात नभएको दिन ठूला कक्षामा पढ्नेहरु जसोतसो विद्यालय गएपनि स–साना बालवालिकालाई बोकेर तार्नुपर्छ। तीन सातादेखि यो क्रम चलिरहेको छ। जेठ २६ गते राति आएको बाढीले पुलमा क्षति पुगेपछि एक सय ५० जना विद्यार्थीलाई विद्यालय आउजाउ गर्न समस्या भएको धर्मोदय माविका प्रधानाध्यापक कृष्ण न्यौपानेले बताए।

‘दुई साता यता दिनहुँ जसो पानी परेको छ, खोला उर्लिएको बेला बोकेर विद्यार्थी तार्न सकिँदैन, सानो भएका बेला तारिरहेका छौँ।’ बालबालिकालाई खोला तार्न प्रहरी, स्थानीयबासी, अविभाबक, शिक्षकहरुले सघाउँदै आएका छन्।  विद्यार्थीलाई आलोपालो गरी खोला तार्ने गरिएको छ। 

पुल बगाएदेखि सबै विद्यार्थी नियमित विद्यालय आउनै समस्या भएको उनले बताए। केहीदिन यता विद्यालय जाने र फर्कने समस्यामा प्रहरीले खोलामा बसेर विद्यार्थी तार्ने गरेको छ। अविभाबक र शिक्षक पनि साथैदेखिन्छन्। सँधै यसरी संभव नभएको भन्दै तत्काल पुल बनाईदिन शिक्षक र अविभाबकले हारगुहार गरिरहेका छन्।  यो समाचारनागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...