News Portal

नदी पारीको विधालय, दिनहुँ भेल तर्दा विधार्थीहरुलाई विधालय पुग्न समस्या

हिमालीसंचार संवाददाता
५२९ पटक

काठमाडौं – गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ धर्मोदय मावि कक्षा १२ मा पढ्ने अनुपमा कुमाल केहीदिन यता दिनहुँ उर्लिएको खोला मुस्किलले तर्दै विद्यालय जान्छिन्। बिहान पानी परेको दिन खोला बढेर जान सकिँदैन कि भन्ने चिन्ताले उनलाई पिरोल्छ। दिउँसो पानी पर्‍यो भने घर फर्कन सकिँदैन कि भन्ने पिर लागिरहन्छ। खारखोलामा रहेको पुल बाढीले बगाउँदा खोला उर्लिएर आएपछि विद्यार्थी, शिक्षक, अविभावक सबै चिन्तित् हुन्छन्।

वर्षात नभएको दिन ठूला कक्षामा पढ्नेहरु जसोतसो विद्यालय गएपनि स–साना बालवालिकालाई बोकेर तार्नुपर्छ। तीन सातादेखि यो क्रम चलिरहेको छ। जेठ २६ गते राति आएको बाढीले पुलमा क्षति पुगेपछि एक सय ५० जना विद्यार्थीलाई विद्यालय आउजाउ गर्न समस्या भएको धर्मोदय माविका प्रधानाध्यापक कृष्ण न्यौपानेले बताए।

‘दुई साता यता दिनहुँ जसो पानी परेको छ, खोला उर्लिएको बेला बोकेर विद्यार्थी तार्न सकिँदैन, सानो भएका बेला तारिरहेका छौँ।’ बालबालिकालाई खोला तार्न प्रहरी, स्थानीयबासी, अविभाबक, शिक्षकहरुले सघाउँदै आएका छन्।  विद्यार्थीलाई आलोपालो गरी खोला तार्ने गरिएको छ। 

पुल बगाएदेखि सबै विद्यार्थी नियमित विद्यालय आउनै समस्या भएको उनले बताए। केहीदिन यता विद्यालय जाने र फर्कने समस्यामा प्रहरीले खोलामा बसेर विद्यार्थी तार्ने गरेको छ। अविभाबक र शिक्षक पनि साथैदेखिन्छन्। सँधै यसरी संभव नभएको भन्दै तत्काल पुल बनाईदिन शिक्षक र अविभाबकले हारगुहार गरिरहेका छन्।  यो समाचारनागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...