News Portal

उद्घाटन खेलमा बवियाविर्ता भेट्रन क्लब विजयी

हिमाली संचार संवाददाता
७८८ पटक

रबिन्द्र बराल : मोरङको रंगेली नगरपालीका ८ दर्वेशामा बिहीबार देखी भेट्रन कप फुटवल प्रतियोगीता शुरु भएको छ । बनकोल खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा कानेपोखरी भेट्रनलाई ३–१ गोल अन्तरले हराउदै बवियाविर्ता विजयी भएको हो ।

नेपाल तरुण दल क्षेत्र नं.२ को आयोजनामा शुरुभएको प्रतियोगिताको उद्घाटन खेलमा बवियाविर्ता भेट्रन क्लब विजयी भएको छ । निर्धारीत ६० मिनेटको खेलको पहिलो हापमा बवियाविर्ताले निकै आक्रमक खेल प्रर्दशन गर्दै खेलको १५ औं मिनेटमा बवियाविर्ताका संजय हास्दाले पहिलो गोल गर्दै टिमलाई आग्रता दिलाएका थिए ।

कानेपोखरीले खेलको दोश्रो हापको ४० औं मिनेटमा, महोवत धामी थारुले थप एक गोल गर्दै टिमलाई तिन गोलको अग्रता दिलाएका थिए । खेलको अन्तिम समयमा कानेपोखरीका कृष्ण कुमार लिम्बुले फ्री किकलाई सदुपयोग गर्दै १ गोल फर्काउन सफल भएका थिए। खेलको म्यान अफ द म्याच बवियाविर्ताका संजय हास्दा घोषित भएका थिए ।

खेलको उद्घाटन प्रमुख अतिथि रहनु भएकी दुर्गा देवी दाहाल सहित विशिष्ट अतिथि नेपाल काग्रेस महासमिती सदस्य गोपालमान सिंह राजभण्डारी, जिल्ला सचिव नागेश कोइराला, नगरसभापति जगरनाथ मण्डल, सचिव कमल सिवाकोटी, तरुणदल क्षेत्रिय सभापति हरि सिवाकोटी,
रंगेली नगरपालीका वार्ड नं.२ का वडाध्यक्ष जित नारायण खवास, वडा नं.३ का वडाध्यक्ष धनश्याम पनेरु, खेलकुद विकास समितिका जिल्ला उपाध्यक्ष गोपाल सेढाईले संयुक्त रुपमा फुटवल हस्तान्तरण गर्दै उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगितामा जिल्लाका १२ टिमको सहभागीता रहेको छ । असोज ३० गते सम्पन्न हुने प्रतियोेगिताको विजेता समुहले नगद ३१ हजार र उपविजेता समुहले २१ हजार सहित शिल्ड प्रमाणपत्र प्राप्त गर्ने आयोजकका खेल संयोजक रविन्द्र ठकुरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...